Advertisement
विज्ञापन

“आत्मनिर्भर शिक्षा आजको आवश्यकता” विमल चौहान



Advertisement
विज्ञापन

मंसिर ०९,काठमाडौं
प्रत्येक जीवमा अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सिक्ने कार्य अस्तित्वमा आएपछि निरन्तर रह्यो झन् मानव विवेकी प्रणाली भएर उच्च हुँदैन गयो ।त्यसैले नेपालमा पनि सिक्ने र सिकाउने कार्य मानव अस्तित्वको शुरूवात भएपछि नै रह्यो ।तर नेपालमा विद्यालय गएर पढ्ने औपचारिक शिक्षाको शुरूवात राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा हुँदा कुराकानी गर्न भाषाको कारण दोभाषे राख्न परेपछि शिक्षाको महत्त्व त्यसमा पनि अङ्ग्रेजीलाई बुझेर नेपाल आउन बित्तिकै वि.स.१९१०मा दरबार स्कुलको स्थापना गरे ।त्यतिबेला सुरेन्द्रबिक्रम शाह राजा थिए दरबार स्कुलको पहिलो सुपरिवेक्षक -Mr.Ross र प्रधानाध्यापक -Mr.Canning थिए ।

कक्षा १देखि ५सम्म अङ्ग्रेजी पढाइ मात्रै हुन्थ्यो ।वि.स १९४२मा प्रधानमन्त्रीमा वीरशमशेर नियुक्त भएपछि मात्रै सर्वसाधारणका छोराछोरीलाई प्रवेश दिएको थियोे ।ज्ञान,सीप सिक्ने र सिकाउने पद्धति शिक्षा हो।मानिसलाई अन्धकारबाट उज्यालो बाटो तर्फ डोर्‍याउने काम शिक्षाले गर्छ ।


Advertisement
Advertisement
Advertisement

शिक्षा विकासका लागि २००७ सालको परिवर्तन तथा यसका लागि लागि पर्ने अभियन्ताहरु नै मूख्य कारक रहेका छन् । त्यति बेलाको शिक्षा साक्षरता वृद्धि गर्ने उद्देश्यमा वढी केन्द्रित रहेको थियो । वास्तवमा २०११ को नेपाल राष्ट्रिय शिक्षा आयोगको विवरण, २०१८ सालको सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ र राष्ट्रिय शिक्षा नीति २०७६ नै शिक्षाको विकासका लागि नेपालका प्रयासहरु रहेका छन् ।

साक्षरता दरमा अभिवृद्धि तथा संस्कृत शिक्षाको विकास गरी कर्मकाण्डका लागि समेत नागरिक तयार पार्नमा शुरुका प्रयासहरुको केन्द्रित रहेको देखिन्छ । मित्र राष्ट्र भारतका विभिन्न स्थानमा रहेका शिक्षा केन्द्रहरुमा गएर नेपाली युवाहरुले शिक्षार्जन गरेको पाइन्छ ।

राष्ट्रिय शिक्षा पद्धतिको योजनाले पूर्व व्यावसायिक शिक्षाको अवधारणालाई अंगिकार गर्दै व्यावसायिक शिक्षाकालागि आधार खडा गर्ने काम गर्नमा प्रेरक भएको थियो । २०४५ सालमा विधिवत रुपमा स्वीकार गरिएको व्यावसायिक शिक्षा त्यस पछि वहुदलको कार्यकालमा स्थापना गरिएको १० जोड दुई तथा गणतन्त्रकालमा शिक्षामा गरिएको आधारभूत, माध्यमिक र उच्च माध्यमिक शिक्षाको वर्गीकरण केही उल्लेख्य छ ।

शिक्षाले ब्यक्तिमा रहेको अन्तर्निहित क्षमतालाई बाहिर ल्याउने र नयाँ कुरा सिक्नलाई भुमिका निर्वाह गर्नुपर्ने हो ।तर पछिल्लो समय अधिकांश विद्यार्थीको सिर्जनशीलताको हत्या हुँदै छ ।धेरैलाई असफल बनाउने, थोरैलाई सफल ठर्‍याउने यो शिक्षा र परिक्षा प्रणालीले अधिकांश विद्यार्थी माथि अन्याय गरेको छ।

हिजो आज कक्षा एकमा भर्ना गर्दा समेत बालबालिका लाइन बसेर प्रवेशिका परिक्षा दिनुपर्ने गलत संस्कार सुरु भएको छ ।एक कक्षामा पढ्न लागेको बच्चालाई समेत परिक्षा दिन लगाउने हामीले कस्तो शिक्षाको प्रणाली अपनाउदै छौँ ?एक कक्षामै सफल-असफल घोषित गरिने शिक्षाले बाल मस्तिष्कमा जीवनको सुरुमै कस्तो असर गर्ला ?

हाम्रा शिक्षकहरु आजभन्दा सय दुई सय बर्ष अघि आइन्स्टाइन ,न्युटनले पत्ता लगाएको कुरा दिनभरि किताबबाट बोर्डमा सारेर पढाएको भ्रममा छन् ।जुन कुरा दुई सय बर्षअघि पत्ता लगेको थियोे त्यो आज घोकाएर के काम ?आजको शिक्षा त विद्यार्थीलाई त्यसको उपयोग अनि नयाँ कुराको सिर्जना गर्न सक्ने बनाउने हुनुपर्ने होइन र ?हाम्रो शिक्षा प्रतिको आधारभूत बुझाइमै समस्य देखिएको छ ।

हाम्रो शिक्षा प्रणाली किन जागिरे शिक्षा प्रणालीमा परिणत हुँदैछ ?किन जीवनमा चाहिने आत्मनिर्भरता ,उद्यमशीलता ,सिर्जनशीलतालाई यो शिक्षाले महत्त्व दिदैन ?शिक्षकहरुले विद्यार्थीलाई पढाउँदा भन्ने गर्छन् त्यो प्रश्नचाहिँ परिक्षा आउन्छ ध्यान दिनुस् ।त्रिबिले परिक्षा सञ्चालन गर्ने र त्यसको परिक्षाफल प्रकाशित गर्दा विद्यार्थी बुढो हुन्छ भन्ने भनाइ छ ।

चरम लापरबाही छ यो मुद्दा हाम्रो देशमा बिषय होइन किनकि शिक्षाको र विद्यार्थीको भविष्य सोच्न कसैलाई फुर्सद छैन ?यहाँ देश बनाउने कुरा छ हाम्रा सरकार , शिक्षक ,नेता ,विद्यार्थी संगठनलाई शिक्षाले देश बनाउन्छ भन्ने कहिल्यै लागेन शैक्षिक मुद्दा हाम्रो देशमा मुद्दा भएनन् ?बरु सरकारी तलबभत्ता खाएका अधिकांश शिक्षकहरु कुनैकुनै राजनीतिक पार्टीको झोला बोलेर हिड्छन ।बिद्यालयनै बन्द गरेर पार्टीका कार्यक्रम गर्छन् ।

हालै मात्रै सरकारी शिक्षकले राजनीतिक गर्न नपाउने कुरा आएको छ यो निकै स्वागतयोग्य कुरा छ ।कुनै पनि देशको भबिस्य हेर्नुछ भने त्यो देश शिक्षा हेर्दा हुन्छ शिक्षा देशको ऐना हो।शिक्षाविद् पाउलो फ्रेरेले भने जस्तो -शिक्षा कहिल्यै तटस्थ हुँदैन ।राजनीतिक प्रणालीको मुख जता फर्केको हुन्छ शिक्षाको मुख त्यतै फर्केको हुन्छ ।हाम्रो समाज र अभिभावकको पनि अचम्मका बुझाई छ तिमि जस्तो ट्यालेन्ड स्टुडेन्टले साइन्स पढ्नुपर्छ ।

विद्यार्थी भन्ने गर्छन् मलाई साइन्स पढ्ने इच्छा थिएन घरपरिवारको इज्जतको लागी पढेको जब इच्छानै छैन किन हामी जबर्जस्त यस्तो पढ् भन्छौं? कसरी विद्यार्थीले चाहे र आफ्नो क्षमताअनुसार उदेश्य पुरा गर्न सक्छन् ?अर्को कुरा यति धेरै पढेर कृषि गर्ने भनेर भनेर होच्याउने काम गर्छौं ?धेरै पढेकाले यस्तो गर्ने नगर्ने भनेर किन हामी छुटाउन्छौ ? कुनै पनि काम उत्कृष्टताका साथ गर्न सकिन्छ भने काम आफैं ठुलो र सानो हुन्छ र ?धेरै सीप र जोखिम मोल्न नसक्ने सानो गर्न लजाउने युवानै आज सबैभन्दा बेरोजगार र न्यूनस्तरको काम गर्न बिदेश जानुपरेको छ ।

प्रत्येक विद्यार्थीको क्षमता फरक-फरक हुन्छ तर,हामीले सबैलाई उहीँ तरिकाले मापन गर्छौं ।के त्यो तीनघन्टे परिक्षाले मात्र एउटा विद्यार्थीको क्षमतालाई ब्याख्या गर्न सक्छ ?परिक्षाको दिन कुनै विद्यार्थी बिरामी भयो भने उसको बर्षभरीको मिहिनेत गयो त ?एक बर्ष अघि मात्रै भारतको तेलंगा राज्यमा १९जना विद्यार्थीले परिक्षामा असफल भएपछि आत्महत्या गरे ।नेपालमा पनि विद्यार्थीले आत्महत्या गरेको खबर निरन्तर आउन्छ ।

परिक्षा आतंक अति भयो विद्यार्थी बिरामी हुने राम्रोसँग खाना नखाने ठुलो मानसिक तनावमा हुन्छन् अब यो आतंक बन्द गर्नुपर्छ ।एक बर्ष अघि मात्रै सिगांपुरका शिक्षामन्त्रीले सिकाइ प्रतिस्पर्धा होइन भन्दै प्राइमरी कक्षामा परिक्षा हटाए संसारकै उत्कृष्ट शैक्षिक प्रणाली मानिएको फिनल्यान्डमा १६बर्षको उमेरसम्म कुनै औपचारिक बार्षिक परिक्षा हुँदैन ।

विद्यार्थी जीवनमा मैले जे पढे त्यसले मेरो जीवनमा ठुलो फरक पारेन ।कति शुत्र घोक्न लगाइयो त्यसले त्यतिबेला कक्षा चढाउने काम भन्दा अरु गरेन त्यसैले ब्यवहारमा प्रयोग नहुने ज्ञानको के अर्थ ?तरकारी ,फलफूल ,पशुपालन,सेवा क्षेत्रमा कसरी खेती र सेवा दिने जस्ता ज्ञान-सीप सिकाएको भए जीवन आज कति सहज बन्ने थियोे होला?अब्यबहारिक जीवनलाई सहयोग नगर्ने ,बजारमा बिक्न नसक्ने शिक्षा प्रणाली र आतंक मच्चाउने परिक्षा प्रणालीको विकल्प खोज्नुपर्छ ।

बर्षको अन्त्यमा नभएर विद्यार्थी बिधालयमा प्रवेश गरे देखि उसका प्रयोगात्मक ज्ञान-सीप ,जिज्ञासु स्वभाव ,मिलन सक्ने क्षमता ,सिक्न सक्ने क्षमता र रुचि सबै कुराको मुल्यांकन गर्नुपर्छ । तर्सथ ,अबको शिक्षा अंककेन्द्रित होइन आधुनिक प्राविधिक ,व्यवहारिक ज्ञान,सीप ,प्रेरणा ,उद्यमशीलता प्रतिको लगाव ,जीवनलाई कसरी बुझ्ने र सहज बनाउने भन्ने उदेश्य केन्द्रित हुनुपर्छ ।बेरोजगार उत्पादन गर्ने कारखाना होइन ?आत्मनिर्भर र केहि गर्न सक्ने ज्ञान,सीप भएको जनशक्ति उत्पादन गर्नुपर्छ ।

शिक्षाको निति बनाउदा देशलाई कस्तो खालको जनशक्ति आवश्यक छ अबको बर्षमा त्यसैलाई ध्यान दिनुपर्छ ।आफुलाई हरेक क्षण समायोजित हुन सक्ने ज्ञान शिक्षाले दिनुपर्छ ।आत्मनिर्भर र जीवनमा उपयोगी हुन नसक्ने शिक्षाको कुनै अर्थ छैन त्यसैले जीवन उपयोगी आत्मनिर्भर शिक्षाको आवश्यकता दिन प्रति दिन अत्यावश्यक भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad