Advertisement
विज्ञापन

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु,एक घाइते



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीदरबार गाउँपालिकामा विहिबार मोटरसाइकल दुर्घटनामा एक युवाले मृत्यु भएको छ । साझ  करिब साढे सात बजेको समयमा गुल्मीदरबार–३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा सोहि वडा राजा गाउँका २९ वर्षीय अनिलराज  घर्तीले ज्यान गुमाएका हुन् ।

सोही पालिका–४ भट्टेचौरका करिब ३० वर्षीय यम बहादुर सुर्यवंशी घाइते भएका छन् । घटनामा गम्भिर घाइते घर्तीलाई उपचारका लागि गम्घासस्थित गुल्मी अस्पताल पुर्याइए पनि राती साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शंकर पोख्रेलले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

मोटरसाइकल अनियंत्रित भई सडकदेखि करिव ३० मिटर तल खसेको थियो । घटनामा घाइते भएका अर्का युवालाई गुल्मी अस्पतालदेखि थप उपचारका लागि पाल्पाको मिशन अस्पताल लगिएको छ । मृतकको शव जिल्ला अस्पताल गुल्मीमै राखिएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad