Advertisement
विज्ञापन

गुल्मीको तम्घासमा होली पर्व विविध कार्यक्रम गरी सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको तम्घासमा रंगहरुको पर्व होली भब्यताका साथ सम्मन्न भएको छ।तम्घासमा यो वर्षको होलीमा उश्रृङखल बनेन् । बालबालिका, किशोरकिशोरीदेखि अर्घबैंशेलाई हालीले छोएको थियो । त्यो माथि खुकुरी युवा क्लबले आयोजना गरेको होली उत्सवमा निकै दर्शक झुमे र रमाईरहेका थिए।

क्लवले होलीको अवसरमा विभिन्न सांस्कृति कार्यक्रम तथा खेलकुद प्रतियोगीता आयोजना गरेको थियो । त्यस्तै घैटोफोरमा अमृता मरासिनी पुरस्कार जितेकी थिइन्। स्लो बाइक रेसमा रोशनसिंह ठकुरीसहित पाँच जनाले पुरस्कार प्राप्त गरे ।


Advertisement
Advertisement
Advertisement

बालबालिकाको चम्चा दौडमा अरविन थापासहितका पाँच जनाले प्रतियोगीता जितेका थिए। भाले छोप्ने खेलहरुमा निरञ्जन कुँवर र सामुहिक आकाशे घैटोफोरको पुरस्कार यौङ्ग ब्वाइजको समुहले प्राप्त गरेको क्लवका सचिव निशान टण्डनले जानकारी दिए ।

सबै बिद्याका खेलमा सहभागीको उपस्थिती व्यापक रहेको थियो । साथै कार्यक्रम स्थलमा स्थानीय स्तरको खाजाका परिकारहरुको प्रर्दशनी गरिएको थियो । खेलसंगै कार्यक्रमको आर्कषणको रुपमा खुकुरी व्याण्डको प्रस्तुतीमा दर्शक रमाएका थिए । व्याण्डको तर्फबाट सन्दिप भलामी, सचिन विश्वकर्मा, क्षितिज खड्का मगर, सन्तोष सुनार, बिजय मगर, प्रताप मल्ल, सन्दिप सुनार, प्रसान्त क्षेत्री, निशान श्रीस र कृष्ण श्रीसले विभिन्न सांगीतिक प्रस्तुती राखेका थिए ।

क्लवका अध्यक्ष सन्दीप भलामीले पर्वको जर्गेना, जाउँ हिड रेसुंगा अभियानको प्रर्वद्धन साथै नयाँ पुस्तामा होलीको भावनाको विकास गर्ने उदेश्यले होली उत्सवको आयोजना गरिएको थियो । क्लवले कार्यक्रमको मुनाफालाई समाज कल्याणको नमुनाको रुपमा प्रयोग गर्दैछ । प्रतियोगीताको दर्ता शुल्क र कार्यक्रममा संकलन भएको रकम गुल्मीदरवार गाउँपालिका–७ मा ब्रेन ट्युमरबाट पीडित सन्दीप अर्याललाई प्रदान गर्ने क्लव अध्यक्ष भलामीले जानकारी दिए ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad