Advertisement
विज्ञापन

सेयर बजार ३.२४ अंक घटे्यो



Advertisement
विज्ञापन

काठमाडौं । साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १९६५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३.२४ अंक घटेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडमा खुम्चियो ।

कुल ८८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.१३ प्रतिशत (६२ अंक) बढ्यो । बैंकिङ २, विकास बैंक ७, होटल तथा पर्यटन २१, हाइड्रोपावर ११, उत्पादन ४७, माइक्रोफाइनान्स १४ र अन्य समूह ५ अंक घटे ।


Advertisement
Advertisement

निर्जीवन बीमा २०, ब्यापार ३ र जीवन बीमा समूह ४३ अंक बढे । मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ८, स्वाभिमान लघुवित्तको ६.७, बेस्ट फाइनान्सको ६.३, श्रीइन्भेस्टमेन्ट फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै सबैको लघुवित्तको ५.८, माइखोला हाइड्रोपावरको ५.४, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.१, मानुसी लघुवित्तको ३.९, युनिक नेपाल लघुवित्तको ३.८ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा पोखरा फाइनान्स, मल्टिपर्पोज फाइनान्स, पिपुल्स पावर, गोर्खाज फाइनान्स र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad