Advertisement
विज्ञापन

स्वदेशसँगै विदेशमा एकसाथ प्रदर्शन हुँदै ‘महाजात्रा’



Advertisement
विज्ञापन

काठमाडौँ ।नेपाली चलचित्र ‘महाजात्रा’ स्वदेशसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा गरिने भएको छ । यो फिल्मलाई विदेशमा एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको जनाइएको छ । यो फिल्म नेपाल र विदेशमा एकसाथ चैत ९ गते रिलिज हुनेछ ।

एमएसएम इन्टरटेनमेन्टले पनि विभिन्न मुलुक र क्षेत्रमा स्थानीय वितरकलाई रिलिजको जिम्मा दिएको छ । जसअनुसार अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडोले जिम्मा लिएका छन् ।


Advertisement
Advertisement
Advertisement

मध्यपूर्वमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिष्ट्रिब्युसन, युरोपमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, दक्षिण कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई रिलिज गर्न लागेका हुन् ।

नेपाली फिल्मको बजार विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रुपमा प्रदर्शन हुने जनाएको छ । उक्त कम्पनिका सञ्चालक छत्र थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँको समुहलाई अन्यको तुलनामा बढी विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताए ।

एमएसएमको रिलिज लाइनअपमा ‘पुजार सार्की’,‘घर ज्वाईं’, ‘रीमै’ छन् । ‘महाजात्रा’का कार्यकारी निर्मातासमेत रहेका अभिनेता बानियाँले ‘जात्रा’ श्रृंखलाको सफलता र दर्शकको मागले यो फिल्म बनेको बताए । ‘दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत श्रृंखलालाई निरन्तरता दिन हौसाएको हो’, बानियाँले भने।

आपतकालिन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘महाजात्रा’को लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।

हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad