Advertisement
विज्ञापन

देशभरका फिल्म हल शुल्क र करको विरोध गर्दै बन्द



Advertisement
विज्ञापन

बुटवल। चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले आज सोमबार देशभरका हल बन्द गर्ने निर्णय गरेका छन् ।केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो।

आर्थिक मन्दी,स्मार्ट मोबाइल फोन,युट्युब लगायत मनोरन्जनका साधनको सहज उपलब्धता लगायत कारणले हलमा दर्शकको संख्या घट्दै गएर व्यवसाय धान्न मुस्किल भएकाले अब्यवहारिक कर खारेज हुनुपर्ने हल सञ्चालकको माग रहेको द्वारिका सिनेमाका सञ्चालक प्रदीपकुमार उदयले बताए ।


Advertisement
Advertisement
Advertisement

‘सरकारले व्यवसाय नाफामा चलेको छ छैन हेर्दैन खाली कर असुल्न मात्रै खोजिरहेको छ’–उदयले भने–‘व्यवसाय दिनदिनै ओरालो लागेको छ तर सरकार कर मात्रै थपिरहन्छ अनि कसरी तिर्ने ?’ उदयले सरकार व्यवसायीका पीडा र समस्या बुझेर सहयोगी भूमिका निर्वाह गरी व्यवसायीमैत्री र लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए ।

केही समय अघि चलचित्र निर्माता निश्चल बस्नेतले फिल्म प्रदर्शन अवधिभर वितरक र निर्मातालाई ५०–५० प्रतिशत शेयर बाँडफाँडको समेत माग गरेका थिए। विदेशी फिल्मसरह नेपाली फिल्मको शो नहुने र निर्माताले हलमा फिल्म चलुन्जेल ५० प्रतिशत शेयर पाइरहँदैन भने फिल्म चलाउन नसकिने उनको भनाई छ । हल व्यवसायी र वितरकले नेपाली फिल्मलाई प्राथमिकता नदिने हो भने निर्माताले पनि हलको विकल्प खोज्नुपर्ने उनको तर्क छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad