सेयर बजार दोहोरो अंक बढ्यो
२१७०
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ । अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक ऋणात्मक हुँदै १९९२ अंकमा झरेको थियो । तर, आइतबार खुलेको बजारमा नेप्से सूचक १२.२९ अंकले बढ्दै १९८४.४३ अंकमा उक्लिएको हो ।
आइतबार कारोबार भएका २४५ कम्पनीहरू मध्ये १७६ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । यता ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
१२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।