
दिपेन्द्र खत्री,नालिबेली न्युज डटकम,
अर्घाखाँची जिल्लाको सङ्गम तथा पर्यटकीय स्थल गुल्मी धुर्कोट गाउँपालिका १ नयाँगाउँ स्थित पर्यटकीय , धार्मिक,पुरातात्त्विक क्षेत्र झ्ल्याकोट एउटा समथर डाडोको नाम हो । त्यो डाडोलाई दारेढुंगा ,दारेगौडा लगायत अन्यनामले पनि चिनिदै आईएको छ।
जुन डाडो अर्घाखाँचीको मालारानी गाउँपालिका वडा न २,३ र गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा न १,२ को सिमानामा अबस्थित छ । जसलाई नयाँगाउँ गा।बि।स र अर्घातोस गा।बि।स को सिर पनि भनिदै आईन्छ।
जुन स्थान अर्घाखाँची र गुल्मिको सिमानामा छ । सहि क्षेत्र करिब छ हजार हेक्टर क्षेत्रमा फैलिएको छ। जसअन्तर्गत समथर क्षेत्र दुई हजार हेक्टर र जङ्गल क्षेत्र चार हजार हेक्टर रहेको छ । गुल्मिमा पर्ने स्थान जङ्गल र समथल मैदान छ भने, अर्घाखाँचीमा पर्ने स्थान भिरालो खरबारि रहेको छ।
झल्याकोटमा दिनहुुँ बनभोज, घुम्नको लागि आन्तरिक र बाहय पर्यटकहरू आउने गर्छन । सहि स्थानमा एउटामात्र भग्नावसेस मन्दिर छ ।जुन मन्दिरमा ढोका समेत छोइन मन्दिरमा दसैको बेला मात्र एकदुइ दिन पुजाआजा गरिन्छ , अन्यदिनहरुमा मन्दिरलाई कुनै तहतप्का , ब्यक्तिविशेषले संरक्षण गर्ने गरेको पाइदैन,तर हालै धुर्कोट गाउँपालिका बाट केही रकम विनियोजन गरि सिडि र प्रतीक्षा लय निर्माणकार्य भएको देख्न सकिन्छ ।
२०७३ सालमा बनेको नमस्ते टेलिफोनको टावर छ, टावर हेर्नको लागि कुनै कर्मचारी नखटाउनाले बिग्रिहने गरेकोले टावरले पनि त्यति उत्कृष्टरुपमा सेवा नदिएको जनताको भनाइ रहेको छ ।
त्यस क्षेत्रका अन्य महत्त्वपूर्ण स्थल मैदान , बन ,खनिज , जडिबुटी , टाढा(टाढाअवलोकन गर्न सकिने भएकाले प्राकृतिक हिसाबले भरिपुर्ण छ । मैदान ,बनक्षेत्रमा विभिन्न जडिबुटी , धेरै प्रजातिका जिवजन्तु हुनुका साथै खनिजको पनि सम्भावना रहेको छ।
हिन्दु धर्मको सङ्गम थलो त्यँहा दसैको तृतीयको दिन धार्मिक सरायनाच मेला लाग्ने गर्दछ । सरायनाचका लागि नयाँगाउँबाट बाध्यबाजक टोलि त्यहाँ आइ नाच्ने गर्दछ्न । भने सोही मेला हेर्न अर्घाखाँची र गुल्मिका मानिस आउने गर्छ्न । झल्याकोटको केही तल एउटा प्राकृतिक मैदान छ जुन मैदानमा धेरैजसो दिन कृकेट हुने गर्दछ । त्यसले पनि झल्याकोटमा अझै पर्यटक ब्यबसाय फस्टाएको छ ।दिनहु एक सय भन्दा धेरै मानिस अवलोकनको लागि आएको पाईन्छ । तर त्यँहा यति पर्यटक आए भनेर एकिङ्ग गर्न भने सकिदैन ।
किनभने त्यहाँप्रती आबद्ध कुनै सस्थासङगठन खोलिएको छैन । त्यहाँका केही जानकार ब्यक्तिसङ्ग बुज्दा सिमानाको जग्गाभएकोले परापुर्बककालमा अर्घाखाँची र गुल्मिको मनमुटावहुँदा सहि स्थानमा निणय गरि समाधान खोज्ने अदालतिय भुमिका खेलेको समेत प्रष्ट पार्नुभयो । जुन ठाँउ पुग्नको लागि ओखलढुंगा ९गुल्मी० बाट निमार्णधिन केही सिडि बनाइएको छ जुन सिडि अपुण छ्न् ।
केही स्थान परको भिरबाट पानी लिएको छ ।जुन पानी निरन्तर आउन सकेको छैन । सिमानाको भु( भाग रहेको हुनाले दुबै जिल्लाका ब्यक्ति , समाज र जनप्रतिनिधिले समेत त्यति चासो दिन सकेका छोइनन। कुनै बिकास निमार्ण लगायत भौतिक , धार्मिक हिसाबले पनि सो ठाँउ दुबै पक्षबिच विवादमा मुछिनाले बिकास हुन सकेको छोइन।
जुन जोगि आएपनि कानै चिरेको भनेजस्तो जुन जनप्रतिनिधि निर्वाचित भएपनि अन्य ठाँउ भन्दा त्यो ठाँउलाई कम चासो दिने र कम बजेट बिनियोजन गर्ने गरेको पाइएको छ । यि यस्ता कारणले पनि पछिल्लो समयमा झल्याकोट को नामनिशान हराउने खतरा समय अनुसार बढदै गएको पाईन्छ ।
यदि झल्याकोटलाई चिनाउनतर्फ लाग्ने हो भने दुई जिल्ला मिलेर सिमाना अतिक्रमणलाई रोकेर आ(आफ्नो क्षेत्रमा विभिन्न बिकास निर्माणका कार्य गर्न सकिन्छ ।खानेपानी , मन्दिर , भ्यु टावर , होम स्टे , बजार, गुल्मिको ओखलढुंगाबाट सडकसेवा , प्रसार(प्रचार , गौचर रोक, जनश्रमदान, समय समयमा मेला आयोजना गर्ने हो भने गुल्मी,अर्घाखाँची को एक उदाहरणिय पर्यटकिय क्षेत्र बन्छ जुन क्षेत्र गुल्मी,अर्घाखाँची का अन्य चिरपरिचित क्षेत्र भन्दा बेग्लै आकर्षित क्षेत्र बन्न सक्छ।