Advertisement
विज्ञापन

स्ववियु निर्वाचन मा उठने मन त मलाई पनि थियो साथी



Advertisement
विज्ञापन

सानैदेखि सामाजिक,राजनीतिक क्षेत्रमा रुचि लाग्ने, तर त्यसका लागि पनि आर्थिक स्थिति नै बलियो हुनुपर्ने रहेछ। जब संगठनको नाममा गुटबन्दी, व्यक्तिगत हित र मै मात्र खाउ लाउ भन्ने प्रवृत्तिका खातिर ” स्वार्थकाे द्वन्द्व ” सिर्जना हुन सुरु हुन्छ तब, यसको चेपाईमा आम कर्तव्यनिष्ठ कार्यकर्ता पर्दछन र निकट भविष्य मा पार्टी पंङ्ति र सिङ्गो संगठन लाई नै ऋणात्मक दुरगामी असर पर्छ भन्ने कुरा सबैले गम्भिरताका साथ लियनन भने कार्यकर्ताहरू मुटुमाथी ढुङ्गा राखी विकल्पको बाटो रोज्न तयार हुने दिन नआउला भन्न सकिन्न.. बस, अबको राजनैतिक र बैचारिक लडाइ भनेकै दुई पुस्ता अगाडि संगको रहयाे राजनीति एक अनवरत यात्रा हो, यो अनन्त सम्म चलिरहन्छ। कि जितिन्छ ,कि सिकिन्छ !!
राजनीतिमा नभइ नहुने कुरा के हो ? देश प्रेम ,होइन , त्याग र समर्पण होइन , नेतृत्व गर्न सक्ने खुबी
त्यो पनि होइन , सिद्धान्तको बुझाइ के को हुन्थ्यो , ठुला ठुला सपना देखाइ जनताको मन जित्ने कला हुँदै होइन , देश र जनताको लागि घरपरिवार त्यागेर जेलनेल परि राजनीति गर्नु यो त झन होइन, त्यसो भए के हो ? लामो समयसम्म धैर्य गरि गुटबन्दी गर्नु र माैका पर्दा गुटभन्दा बाहिरकालाई ढिम्किनै नदिनु नै गुटबन्दी रहेछ । विभिन्न तह र तप्कामा रहेर शैक्षिक र सामाजिक आन्दोलनको मोर्चालाई अग्रपङ्तिमै रहि नेतृत्व गरि आफुलाइ अब्बल साबित गरिसकेको व्यक्ति लाई स्वीकार्न नसक्ने हरेक अग्रज नेतालाई चुनौतीका साथ भन्न सक्छु,” विद्यार्थी कालमा आफुले गरेका कर्म,आफुले नेतृत्व गरेको आन्दोलन,आफुले निर्माण गरेको संगठन,आफु संगठनमा रहदा गरेका कामको फाइल बोकेर बहस गरौं” तपाईले समर्थन गरेका साथीहरुले गरेको कामको बहस गरौं,कतै तल रहे भने जीवन भर कार्यकर्ता कै हैसियतले काम गर्न तयार छु , होइन भने नेता गणलाई सानो प्रश्न “राम्रो नेतृत्व किन स्वीकार भएन?”मेरो आफै संगको प्रश्न र जिज्ञासा मात्रै ।
धन्यवाद !

 


Advertisement
Advertisement
Advertisement

 

 

बसन्त पाैडेल
लेखक : बुटवल बहुमुखी क्याम्पस दाेस्राे वर्षमा अध्ययनरत विधार्थी हुन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad