Advertisement
विज्ञापन

शितगङ्गाको बिकासमा दत्तचित्त भएर लागेका छौ : खनाल



Advertisement
विज्ञापन

शितगङ्गा नगरपालिका अर्घाखाँची भौगोलिक हिसाबले नेपालीको सबैभन्दा ठुलो नगरपालिका हो ।नगरपालिकामा दक्ष जनशक्तिको निकै अभाव रहेको भएपनि नगरपालिकाका केही कर्मचारीहरु रातदिन नभनि काममा खटिने गर्छन ।

नगरपालिकामा बिहान ७ बजे देखि राति ८ बजे सम्म दैनिक बिदाको दिन समेत नगरपालिकाको योजनाहरुको काम गर्ने कर्मचारी हुन ।नगरपालिकाका योजना अधिकृत नुमलाल खनाल  शीतगंगा नगरपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवाप्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको योजना अधिकृत नुमलाल खनाल बताउछन ।


Advertisement
Advertisement

खनाल भन्छन स्थानीय पूर्वाधार विकासका सन्दर्भमा नगरपालिकाले तर्जुमा गरेको दशवर्षे आवधिक विकास योजना अनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्दै आएका छौं ।हामी दैनिक योजना अनुगमनमा समेत खट्ने गरेका छौ सेवा प्रवाह तर्फ १४ वडा कार्यालयबाट प्रशासनिक काम हुँदै आएको छ। योजनाहरु वार्डमा सम्झौता गर्ने नीति अनुसार काम गरेको अधिकृत खनालको दाबि छ ।

नगरका १०९ वटा सामुदायिक विद्यालय र २ वटा सामुदायिक सिकाई केन्द्रबाट शिक्षा सम्बन्धी सेवा र ३७ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सँग सम्बन्धित विविध सेवाहरु प्रदान गर्दै आएको योजना अधिकृत खनालले बताए ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाले मगर दिवसमा स्थानीय बिदा दिने

त्यसैगरी नगरपालिकाका १४ वटा विषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्र अनुसार नीतिनिर्माण र कार्यान्वयन हुँदै आएको भएपनि भौगोलिक हिसाबले भने काम गर्न समस्या हुने गरेको खनालले बताए । विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्नगर्न नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायत आवश्यकताअनुसार अन्य कर्मचारीहरुबाट समेत अनुगमनको काम निरन्तर गरिएको छ ।

कामको गुणस्तर कायमगर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराइएको छ । भने अनुगमनका चरणमा समेत गुणस्तर माध्यान दिइएको छ । यसरी नगरपालिकाबाट प्रदान गरिने सबै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंङ्गबाट प्रदान गर्न नगरपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्य सम्पादन गर्दै आएको छ ।

 

नगरपालिका कामको हिसाबले योजना अधिकृत नुमलाल खनालको भरमा अगाडि बढेको छ। साबिक जिल्ला बिकासको कर्मचारीबाट स्थानीय तह बनेपछि सितगङ्गा नगरपालिकामा योजना अधिकृतको रुपमा समायोजन भएका अधिकृत खनाल जिल्ला बासिका लोकप्रिय अनुभवी कर्मचारी हुन ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad