Advertisement
विज्ञापन

चरी लैजा समाचारको अबस्थामा गुल्मीका पहिरो पीडितहरु



Advertisement
विज्ञापन

प्रेम सुनार

चरी लैजा समाचार हामी भयौ बेघरबार …यस्तो बोलको गितले बाढी पहिरो पिडितहरुको पिडालाइ आत्मासत गर्दछ । बाढी पहिरोले घरबास बिहिन बनाउदा पनि जब कसैले देख्दैन सुन्दै तब सम्बन्धित पक्षलाई सुनाइ दिन चरी पुकार्न बाध्य हुन्छ्न बाढी पहिरो पिडितहरु । त्यही गितमा जस्तै अरु कोहि न आउदा चरी वा हावा पानीलाई भए पनि आफ्नो पीडा सुनाउन बाध्यछ्न गुल्मीको एक गाउँका बाढी पहिरो पिडितहरु ।


Advertisement
Advertisement
Advertisement

आफ्नो घर खेतमा बाढी पसेको तीन बर्ष भयो तर हेर्दिने सुन्दिने र पुनर्निर्माण गरि दिने कोहि नभए पछि सुनाइ दिने चरिका रुपमा हामीलाई गुहारे गुल्मीको इस्मा गाउँपालिका १, २ र ४ का बाढी पहिरो पीडितहरुले २०७७ असार १८ गते राती अविरल वर्षा सङ्गै आएको भीषण बाढी पहिरोले ती वडाको खहरे गाउँ , मल्दी , जुकेपानी ढाडा र तल ढाडाफाट गरि सयौ घर कटेरा भत्कियो पुरियो ।


दुई बालबालिकाको ज्यान गयो । दर्जनौ मानिस घाइते भए । अनगिन्ती चौपाय, कुखरा बाख्रा मरे । कयौको नगद र जिन्सी नष्ट भयो । सयौ रोपनी खेत बगरमा परिणत भयो । स्थानियले अरबौको क्षती ब्यहोरे । त्यहा नेताहरु पनि पुगे तत्काल पुनर्निर्माणमा लाग्ने आश्वासन पनि दिए । अहिले हामी त्यसै थलोमा पुग्दा उनिहरुको अवस्था जस्ताको त्यस्तै देखियो । त्यति बेला त्यस ढाडखोलाको तटबन्ध बनाउन सरकारी निकायले पहल मात्रै गरेको भए त्यस यताका बर्षयाममा उनै बाढी पिडितहरुले थप क्षती ब्यहोर्ने थिएन्न ।

सुरुको बर्ष भन्दा ढाडखोलाले थप क्षति गराएको देखियो । यम बहादुर खत्रीको घर अहिले पुरै पुरेको छ । खत्री अहिले ७६ बर्षको हुनु भयो । हुर्के देखि अहिले सम्म कहिले भारी बोक्ने कहिले यसै घरमा होटेल राखेर घर बनाउनु भयो । यश घरमा बाग्लुङ सम्मका मानिसहरुको बास बस्ने थलो । अहिले परिबारकै सदस्य बस्न नसकेर बिस्थापित छ्न । आगन र दलान मात्रै होइन घर भित्र समेत बगर बनेको छ ।


उहाँका छोरा रामु केसि सदरमुकाम बस्न छाडेर यसै घरमा आइ इटा उधोग संचालनमा ल्याउनु भएको थियो । दुइतिन वटा माछा पोखरी कुखरा फर्म अनि होटल पसल सहित करोडौंको कारोवार थियो । प्रहरी कै मुचुल्कामा एक करोड १६ लाख क्षती ब्यहोरेका खत्री परिवारले अहिले सम्म राज्य बाट एक सुको राहत क्षती नपाएको दुखेसो गरे । जब बाढी पस्यो तब बाबू छोराको पसिनाको कमाइ बगर बन्यो । त्यही पीडा पोख्दै सरकार नै नभए जस्तो लागेको गुनासो गर्नु हुन्छ यम बहादुर खत्री ।

उहाँ जस्तै संघर्ष गरेर पसल राख्दै पक्की घर बनाउनु भएको थियो भिमनाथ घिमिरेले । हिजोको त्यो आलिशान महल अहिले बगर आधा बाग देखिने भग्नाबशेष बनेको छ ।उहाँको ७५ लाख बढी क्षती भएको छ । अर्का पिडित गुन्ज बहादुर खत्रीले देखिने यो पक्की घर बाढी नपस्नु अघि सम्म राणा खानदानको महल जस्तै थियो । अहिले बगर बन्दा देख्नेहरुको त मुटु भक्कानिन्छ भने उहाँ र उहाँको परिवारमा कति पीडा होला ? उहाँको १२ मुरि धान फल्ने खेत पनि बगर बनेको छ ।

मानकुमारी महत, शालिकराम कुवर ,ईश्वरि पण्डित घिमिरे, अर्जुन खत्री ,भिमनाथ घिमिरे , गोपाल महत , मोतिबहादुर महत , भिम्स बहादुर सुनार , राम बहादुर सुनार , नर बहादुर अर्याल सहित दर्जनौंको स्यौ रोपनी खेत यसरी बगर बन्दा पनि राज्यको ध्यान अहिले सम्म जान सकेको छैन । यहाँका दरिला जनप्रतिनिधि भै दिएको भए राज्यले राहत र पुनर्निर्माणको बिशेष प्याकेज कार्यक्रम पारेर उद्धार गरि सक्थ्यो भन्छ्न स्थानियबासी ।


ढाडफाटका यी पिडितहरुको पीडा त्यति बेलाका बाढी पिडित न्वाला , जुकेपानी , ढाडा , मल्दी र खहरे सम्मका जनताको प्रतिनिधिमुलक पीडा हो । तिनै तहको सरकार छ भन्छ्न तर यी पिडितहरुका लागि एकतहको सरकार पनि छैन कि भन्ने अनुभुत हुन्छ । प्रारम्भिक राहत र उद्धार , त्यहाँ सम्म आवत जावत गर्ने बाटो र पानी स्भाव इस्मा गाउँपालिकाको पुर्ववर्ति स्थानीय सरकारले गरेको थियो । अहिलेकाले केही नगरेको पीडितहरु आरोपछ । नेताहरु चुनावताका मात्रै आउछ्न । विभिन्न प्रलोभनमा परि उनिहरुले भोट पनि दिए ।

उनिहरुका भोटले कसैले जिते , कसैले हारे । तर जसले जिते, हारे पनि यी पिडितहरुलाइ बितरा पारे । यहि अनुभुत भयो । अत यो रिपोर्ट मार्फत अहिले हामी सम्बन्धि निकायको ध्यानकृष्ट मात्रै गराउने जमर्को गरेकाछौ । आगमि दिनमा जितेर जाने तिनै तहका जनप्रतिनिधिहरुको प्रतिकृया माग्दै जबावदेहि बनाउनेछौ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad