Advertisement
विज्ञापन

‘गरिबलाई त सरकारले पनि हेप्दो रहेछ’सडक पेटीमा मकै पोल्नेहरुको कथा



????????????????????????????????????
Advertisement
विज्ञापन

सुर्खेत । बर्सातको महिना कहिले वर्षा हुन्छ त कहिले उखरमाउलो गर्मी । अर्कोतर्फ आगोको राप । घाम लाग्दा घाम र आगोको रापले शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ छ भने वर्षा हुँदा पानीले । हत्केला कलेटी परिरहेका हुन्छन्, मुहारमा कोइला र खरानीको दाग । बेचैन शरीरले यिनै अवस्थासँग लडिबुडी नगरी सुखै छैनउमेरले ४९ वर्ष पुगेकी वीरेन्द्रनगर–३, तातापानीकी सीता विकको दैनिकी यसैगरी बित्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार केन्द्र एरिचोक यहाँका राजनीतिक दलका नेता कार्यकर्ताहरुको बस्ने अड्डा पनि हो । त्यहीँको सडक पेटीमा छाता टाँगेर मकै पोलेर गुजारा गर्ने मध्येकी एक हुन् सीता ।


Advertisement
Advertisement
Advertisement

हरेक आमा—बुबालाई छोराछोरी ठुलो होलान्, आमा–बुबालाई खुसी देलान् भन्ने आश हुन्छ । तर, तीन छोरी र एक छोराकी आमा सीतालाई यी कुराहरु निरर्थक लाग्छन् । उनका तीनवटै छोरीको बिहे भइसक्यो । छोरा पनि बिहे गरेर अलग बस्छ । छोरा–बुहारीबाट कुनै आशा छैन उनलाई ।५९ वर्षीय श्रीमान् मानबहादुर सुनार मानसिक रोगका बिरामी हुन् । सीताले आफु र आफ्नो श्रीमानको गुजारा यही पेसा व्यवसायबाटै गर्दै आएकी छन् ।‘दुःख पछि सुख आउँछ भन्थे, हाम्रा दिन त यसैगरी बित्छन् जस्तो छ,’ निरास हुँदै उनले भनिन्, ‘श्रीमान् मानसिक रुपमा अशक्त छन्, दिनहुँ औषधि खाइरहनुपर्छ । आफुलाई पनि सञ्चो हुँदैन । घरमा दुई बुढाबुढीमात्रै । सडक पेटीमा मकै बेचेको पैँसाले खाना खर्चमै पुग्दैन ।’न त बस्ने घर आरामदायी छ । सानो घर, त्यो पनि ऐलानी जग्गामा छ । घरबाहेक उनको अन्य सागसब्जी लगाउने एक धुर जमिन पनि छैन । जे चाहिन्छ, सबै किनेर नै खानुपर्छ ।‘२०२५ सालदेखि यहाँ ऐलानीमै बसिरहेका छौँ । जग्गा पास गर्न सकिएको छैन,’ उनले सुनाइन्, ‘सासु–ससुरा लालपूर्जा नदेखेर नै मरे, हाम्रो पनि त्यही अवस्था हुन्छजस्तो छ । दिउँसो भोक लाग्दा कहिले चिया चाउमिन खानै प¥यो । पानीसमेत किनेर खानुपर्छ । जीन्दगीमा त सुख भन्ने चिज देख्नै नपाएर मरिने भइयो ।’

 

 

 

 

सीताले मकै पोलेर बेच्न थालेको झण्डै ५ वर्ष भयो । तर, अझै पनि उनको दैनिकी ज्युँका त्युँ नै छ । हरेक दिन एकाबिहानै उनले प्लाष्टिकको बोरा समातेर गाउँघर दौडिनुपर्छ । गाउँबाट हरियो मकै प्रतिगोटा १०÷१५ रुपैयाँमा खरिद गरेर बिहान १० बजेपछि सडक पेटीमा मकै पोल्ने दैनिकी सुरु गर्नुपर्छ ,सीताले पोलेको मकै प्रतिगोटा १५र२० रुपैयाँमा बेच्छिन् । उनले गाउँमा डुलेर किनेर लिएर आएको हरियो मकैलाई पोलेर बेचेपछि उनले प्रति मकै ५ देखि १० रुपैयाँ नाफा कमाउने हो ।त्यही पनि कोही ‘मकै सानो भयो, यत्ति पैसा दिन्छु’ भनेर मोलमोलाइ गर्ने उनी बताउँछिन् । उनले भनिन्, ‘गरिबको त भाउ पनि नहुने रहेछ । अझ, मकै पोल्नका लागि प्रति केजी १५ तिरेर दाउरा ल्याउनुपर्छ ।’वीरेन्द्रनगरमा मकै बेचेर परिवार पाल्ने सीता एक्ली महिला भने होइनन् । उनीजस्ता थुप्रै महिलाले मकै पोलेरै आफ्नो गुजारा गर्दै आएका छन् ।तातापानी कै अर्की ५० वर्षीया मोतिसरा सुनारको दैनिकी पनि सीताको जस्तै छ । एरिचोकको दायाँतर्फ सडक छेउमा उनले मकै पोल्ने गर्छिन् भने उनका श्रीमान शेरबहादुर सुनार उनलाई काममा सघाउँछन् ।तीन छोराछोरीका अभिभावक मोतिसरा र शेरबहादुर अहिले सडकमा मकै पोलेर जीवन निर्वाह गरिरहेका छन् । मोतिसरा भन्छिन्, ‘मकै पोलेर कमाई भएको पैसाले बुढाबुढीको गुजारा चलाउने काम भएको छ । कोही बिरामी भयो भने त उपचार गर्नै मुस्किल हुन्छ ।’मकै पोलेर बेच्दै गुजारा चलाउँदै आएका सीता र मोतिसरा जस्ता महिलाले बाह्रै महिना यो पेसा व्यवसाय चलाउन पाउँदैनन् । किनकि उनीहरु मकैको सिजनमा मात्र यो पेसा व्यवसायबाट गुजारा चलाउन पाउँछन् । खासगरी जेठदेखि भदौसम्म यो व्यवसाय चल्ने गर्दछ । अरु, महिनामा उनीहरुले गुजाराका लागि कहिले केरा बेच्ने, कहिले गिट्टी कुट्नेसम्मका काम गर्छन् ।वीरेन्द्रनगर कै भैरवस्थानमा बस्दै आएकी ५३ वर्षीय कृष्णा शाही पनि मकै बेचेर नै गुजारा चलाउँदै आएकी छन् । उनका श्रीमान्ले अर्को श्रीमती लिएर अन्तै लागे । त्यसपछि सबै जिम्मेवारी उनको काँधमा आइप¥यो । उनले कहिले मकै पोलेर, कहिले सडक मजदुर भएर परिवार चलाउँछिन् ।उनका एउटा छोरा, एउटी छोरी छन् । उनीहरुलाई पढाउनेदेखि घरखर्चका लागि जसोतसो मकै पोलेर नै गुजारा चलेको छ ।कृष्णा सुर्खेत आँखा अस्पतालको अगाडि गेट नजिकै रुखको छहारीमा बसेर मकै पोल्छिन् र बेच्छिन् । नजिकै प्रदेशका मन्त्रालयहरु, स्वास्थ्यका कार्यालयदेखि सबैजसो सरकारी तथा गैरसरकारी कार्यालय छन् ।उनले पोलेको मकै खान सरकारी कर्मचारीहरु समेत आउँछन् । कृष्णा भन्छिन्, ‘१० वर्ष जति भयो होला, हरेक सिजनमा मकै पोल्ने र बेच्ने गर्छु । यहाँबाट कमाई भएको रकमले खाना र घरभाडा तिर्नमै ठिक्क हुन्छ । एउटा भदैनी पनि छ । चार जनाको परिवार यसैबाट पालिरहेकी छु ।’

गरिबमाथि सरकारको हैकम 

सडक पेटीमा बसेर मकै पोलेर जीवन निर्वाह गर्ने उनीहरु वीरेन्द्रनगर नगरपालिकाले आफुहरुलाई बारम्बार दुःख दिने गरेको गुनासो गर्छन् । ‘हामी यहाँ बसेर मकै पोलिरहेको यहाँका व्यापारीहरुले कुरा लगाईदिन्छन्, त्यसपछि नगरपालिकाका मान्छे आएर हामीलाई लखेट्छन्,’ सीता विकले भनिन्, ‘गरिबलाई त सरकारले पनि हेप्दो रहेछ ।’

सीता भन्छिन्, ‘व्यापारीहरुले हाम्रो बेइज्जत भयो, यहाँबाट हटाइदिनुप७थभलसयो भन्छन् । सरकार पनि व्यापारीले भनेको मान्छ र हामीलाई लखेट्छ ।सरकार पनि धनीहरुका लागिमात्रै रहेको उनको अनुभूति छ । ‘भोट माग्न आउँदा अनेक आश्वासन बाँडिरहेका हुन्छन्,’ उनले भनिन्, ‘हामी भोट पनि हाल्छौँ, अनि हामीले नै जिताएर पठाएका मान्छे हामीमाथि डण्डा बर्साउँछन् ।’आफूहरुले बेच्न राखेका सामान नगरपालिकाका कर्मचारी आएर खोस्ने, बाटोमा छर्ने गरेको उनको गुनासो छ । उनले भनिन्, ‘यस्तो अवस्थामा हामीले के गर्न सक्छौं र रु गरिब भनेरै त हेपेको होला, यो त अत्याचार हो नि ’आफूहरुलाई गुजाराका लागि सरकारले उपाय पनि नदिने, आफ्नै बलबुताले गरेको काममा पनि लाठीडण्डा बर्साएर खेद्ने गरेको भन्दै उनले पीडा पोखिन् । उनले भनिन्, ‘कि त सरकारले हामीहरुको व्यवस्थापन गरिदिनुप यो, होइन भने व्यवसाय गरेर त खान दिनुप¥यो नि ’साभार रातोपाटी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad