Advertisement
विज्ञापन

खाद्यान्न बाली भित्र्याउँदै किसान



Advertisement
विज्ञापन

नवलपुर ।पुर्वी नवलपरासीको पहाडी क्षेत्रमा खाद्यान्न बाली गत बर्षको तुुलनामा यो बर्ष उत्पादन बढ्ने देखिएको छ । उत्पादन बढ्ने आशाका साथ किसानहरु यतिबेला बाली भित्र्याउन लागिपरेका छन् । बिगत वर्षहरुदेखि नै यहाँका किसान खाद्यान्न बालीबाट मनग्य आम्दानी लिन समेत सफल देखिन्छन् ।

पुर्वी नवलपरासीका किसानहरुलाई अहिले खाद्यान्न बाली भित्र्याउन भ्याई नभ्याई छ । बिशेष गरी पहाडी क्षेत्रका किसानहरु अहिले तोरी, मास, कोदो, मस्याम, फापर लगायतका खाद्यान्न बाली भित्र्याउन ब्यस्त भएको बुलिङटारका मीना रानाले बताईन् ।


Advertisement
Advertisement
Advertisement

जिल्लाको बुलिङटार र बौँदीकाली गाउँपालिकाका किसानहरु अहिले खाद्यान्न बाली काट्न र थन्क्याउन लागेका छन् भने अहिले यो बाली गत बर्षको तुलनामा यो बर्ष राम्रो भएकाले पनि किसानहरु उत्साहित देखिएका बुलिङटारका किसान गमबहादुर कुमालले बताए ।

गत बर्षको तुलनमा अहिले मास, कोदो, फापर, तोरी राम्रो उत्पादन हुने भएकाले पनि आम्दानी समेत राम्रो हुनेमा किसान बिश्वस्त देखिन्छन् । गतबर्ष यहाँबाट करिब चार करोडको खाद्यान्न बिक्री भएकोमा यो वर्ष खाद्यान्न बाली सोचे भन्दा राम्रो भएकाले ६ करोड बढीको खाद्यान्न बिक्री हुुने ब्यापारी आम बहादुर मगरले बताए । गत बर्ष ब्यापारीहरु गाउँमै गएर खाद्यान्न खरिद गरेका र यो बर्ष पनि ब्यापारीहरु गाउँमा छिरिसकेका बाँदीकाली ४ का शेरबहादुर माकीम मगरले बताए ।

खाद्यान्न बालकिो उर्बर भूमिका रुपमा रहेको पहाडी क्षेत्रमा मात्रै गत बर्ष दुई करोड बढीको मास उत्पादन भएको थियो भने तोरी, फापर, कोदो लगायतका खाद्यान्न बालीको उत्पादन समेत राम्रो भएकाले आफुलाई बर्षभरि खान पुग्ने राखेर वर्षेनी हरेकले ४० हजारदेखि दुई लाख सम्मको खाद्यबाली बिक्री गर्ने गरेका बुलिङटार २ का भविलाल नेपालीले बताए ।

अहिले गतबर्ष भन्दा खाद्यान्न बाली निक्कै राम्रो भएकाले उत्पादन समेत बढ्ने भएकाले किसानहरु उत्पादन भित्र्याउन लागि परेका छन् भने खरिद गर्न गाउँमै ब्यापारी पुग्ने भएकाले बजारको समस्या पनि नरहेको र उत्पादन राम्रो रहेकाले किसानले खुशी ब्यक्त गरेका बुलिङटारकी कृषक सीता रानाभाटले बताईन् ।

जिल्लामा पहाडी क्षेत्रमा उत्पादन हुने गरेको खाद्यान्न बाली बिक्रीबाट यहाँका जनताको जीविकोपार्जनमा समेत सहज हुने गरेको किसानहरु बताउँछन् ।

सरकारी निकायबाट हाल सम्म कुनै राहात र अनुदान नपाएका पहाडी क्षेत्रका किसानलाई गरिने ब्यवहारबाट आजित भएका स्थानीय किसानले आफ्नै पौरखमा खाद्य तथा नगदेबाली लगाएर हरेक बर्ष राम्रो आम्दानी लिन सफल भएका बुलिङटार १ का वडाध्यक्ष दिलबहादुर सूर्यवंशी मगरले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad