Advertisement
विज्ञापन

नबिल बैंकले ऋणपत्र जारी गर्दै, लगानी गर्दा के छ फाइदा र जोखिम ?



Advertisement
विज्ञापन

नबिल बैंकले आगामी मंसिर २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । यो ऋणपत्रमा लगानी गर्न चाहनेले मंसिर २९ देखि छिटोमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा भने ढिलोमा पुस १३ गतेसम्म आवेदन अवधि लम्बिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले आह्वान पत्रमार्फत जनाएको छ ।

अंकित मूल्य १ हजार रुपैयाँ पर्ने ऋणपत्रमा कम्तीमा २५ कित्ताका लागि २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ । बैंकले ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब ८० करोड रुपैयाँको ऋणपुँजी व्यक्तिगत तवरबाट जुटाइने बैंकले जनाएको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणलाई जारी हुन लागेको हो ।


Advertisement
Advertisement
Advertisement

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउने बैंकले जनाएको छ । त्यसैले यो ऋणपत्रको नाम ‘९ प्रतिशत नबिल डिवेन्चर’ राखिएको छ । ६–६ महिनामा अर्थात् प्रत्येक वर्षको असार मसान्त र पुस मसान्तमा ऋणपत्रको लगानीमा ब्याज प्रदान हुनेछ । यो ऋणपत्र ७ वर्षे अवधिको भएकाले लगानीको ७ वर्ष पूरा भएपछि मात्रै साँवा रकम फिर्ता हुनेछ ।

प्राथमिक सेयरमा जस्तै ऋणपत्रमा पनि सीडीएससीको अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ । त्यस्तै सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा वा नबिल बैंकका शाखामार्फत पनि आवेदन दिन सकिन्छ ।

ऋणपत्रमा लगानी गर्दाको फाइदा र जोखिम :
ऋणपत्रमा लगानी गर्दा संभावित कतिपय जोखिम कम्पनीले आह्वानपत्रमै सार्वजनिक गरेको छ । ऋणपत्रमा हुने लगानी लामो अवधिको हुन्छ । त्यसकारण यस्तो ऋणपत्रमा लगानी गरिसकेपछि समयअगावै साँवा रकम फिर्ता हुँदैन ।

यद्यपि धितोपत्र बजारमा कारोबार गर्न सकिन्छ । अर्थात् धितोपत्र बजारमा ऋणपत्रलाई बेच्न पाइन्छ । तर सेयरजस्तो भनेकै समयमा ऋणपत्र बिक्री नहुन पनि सक्छ । अर्कोतर्फ पैसा आवश्यक परेका बेला अरु बैंकमा ऋणपत्र धितो राखेर ऋण समेत लिन पाइन्छ ।

निक्षेपमा पाइने ब्याजदर घटे पनि ऋणपत्रमा लगानीबापत पाइने ब्याजदर घट्दैन । निक्षेपको ब्याजदर बढेको अवस्थामा पनि ऋणपत्रको ब्याज बढ्दैन । हाल वाणिज्य बैंकहरुले नै व्यक्तिगत मुद्दतीमा साढे १० प्रतिशत ब्याज दिइरहेको अवस्थामा ऋणपत्रमा दिइएको ब्याजदर तुलनात्मक कम हो ।

कम्पनी जतिसुकै घाटामा गए पनि लगानीकर्ताले तोकिएको ब्याज र साँवा रकम सबै पाउँछ । त्यस्तै दोस्रो बजारमा ऋणपत्रको मूल्य १ हजारभन्दा तल झर्ने जोखिम रहन्छ । परिपक्व अवधि नसकिँदै दोस्रो बजारमा ऋणपत्र बिक्री गर्नुपर्ने अवस्था आएमा अंकित मूल्य १ हजारभन्दा कममै बिक्री गर्नुपर्ने हुन सक्छ ।

अहिले पनि बजारमा सूचीकृत धेरै ऋणपत्रको मूल्य ८ सय रुपैयाँसम्म झरेको छ । यद्यपि परिपक्व अवधि सकिएपछि साँवा फिर्ता पाउँदा भने १ हजार रुपैयाँकै दरले फिर्ता हुन्छ ।  तर ऋणपत्रमा लगानी गर्नेले सेयरधनीजस्तो साधारणसभामा भाग लिन, नाफाको प्रतिफल लिन पाउँदैन भने नोक्सानीको जोखिम पनि ब्यहोर्नु पर्दैन ।कठिन परिस्थितिका कारण कम्पनी नै टाट पल्टिएमा निक्षेपकर्तालाई भन्दा पहिले ऋणपत्रमा लगानी गर्नेले रकम पाउने भए पनि यो सहायक ऋण भएकाले निक्षेपकर्ताले नै प्राथमिकता पाउने आह्वानपत्रमा स्पष्ट उल्लेख गरिएको छ । बैंकको सम्पत्ति सुरक्षण नराखी यो ऋणपत्र निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad