Advertisement
विज्ञापन

बचतकर्ता भन्छन– ‘पहिले खुट्टा ढोग्दै आए ,पैसा झिक्न जाँदा भिकारीलाई झैं गराए’



Advertisement
विज्ञापन

बुटवल । सिन्धुलीदेखि मजदुरी काम गर्नको लागि बुटवल आउनु भएकी बसन्ती लुङ्घेली मगर अचेल काममा होईन सहकारीको कार्यालय धाउन ब्यस्त हुनुहुन्छ । दैनिक मजदुरी गर्दै दुई छाक टोरेर भविष्यको लागि भन्दै शिव शिखर बहुउद्देश्यीय सहकारीमा दैनिक एक सय रुपैंया गर्दै ७० हजार जम्मा गर्नुभयो । तर आफ्नै जम्मा भएको पैसा झिक्न जाँदा विभिन्न बहाना गराउँदै पैसा फिर्ता नदिई सहकारीले फर्काउँदै आएको छ । मंगलबार सहकारीको कार्यालय पुग्दा काउण्टमा सुचना टाँस गरेर बन्द थियो ।

मजदुरी गरेर कमाएको पैसा खाई नखाई बचाएर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नपाएपछि बसन्ती रुदै फर्किदै हुनुहुन्थ्यो । “मलाई बैंकमा पैसा जम्मा हुन्छ भन्ने मात्र थाहा थियो ’,उहाँ भन्नुहुन्छ सहकारी हुन्छ र पैसा जम्मा हुन्छ भन्ने थाहा थिएन , सहकारीमा खाता खोल्नुस धेरै ब्याजदिन्छ भनेर आश्वासन पाए श्रीमानले विदेशमा कमाएको पैसा र मजुरबाट पाएको पैसा बचत गरेको हुँ । ।” “अहिले पैसा चाहिर आफ्नै पैसा झिक्न आउँदा सहकारी बन्द छ , म कहाँ जाउ कसलाई भनु” बसन्तीले आफ्नो पिडा पोख्दै सहकारीबाट साईकल डोराउँदै आफ्नो डेरा तिर लाग्नु भयो ।


Advertisement
Advertisement
Advertisement

सुख्खानगरका कृष्णध्वज खड्काको पनि गुनाशो उस्तै छ । पसलमा भएको आम्दानी र पेन्सनबाट आएको पैसा २ वर्षदेखि सहकारीमा बचत गर्दा ७ लाख रकम पुग्यो । तर अहिले पैसा लिन आउँदा सहकारी बन्द छ । बचत भएको पैसा झिक्नको लागि उहाँ सहकारी धाउन थालेको १ महिना भन्दा बढि भयो तर सहकारीले विभिन्न बहाना गर्दै पठाउन गरेको गुनाशो पोख्नुभयो । छोराछोरीको पैसा पनि जम्मा गरेको छु आज भोली दिन्छु भन्दा भन्दै एक महिना भन्दा बढि भयो तर पैसा आएन , खड्का भन्नुहुन्छ “पहिले ग्राहक बनाउँदा खुट्टा ढोग्दै आयो , अहिले जरुरी काम परेर पैसा झिक्न आउँदा भिकारीलाई झैं गराउँछ ।” बसन्ती र कृष्णध्वज मात्र होईन शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अधिकाशं बचतकर्ताहरु लाई आफ्नै पैसा झिक्नको लागि सकस परेको छ । सहकारीले करिब दुई महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । बुटवल देविनगरका ब्यापारी प्रदिप पोखरेले पनि सहकारीमा दैनिक बचत गर्दै आउनु भयो ।

दैनिक ५ देखि १० हजारसम्म बचत गर्दै आएको थिए पोखरेल भन्नुहुन्छ–“पैसा आवश्यक परेर सहकारीमा आउँदा विभिन्न बहाना बनाएर टार्दै आए र अहिले सञ्चालक सम्पर्क विहिन भएका छन । काठमान्डौंमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीले बुटवलमा शाखा कार्यालय सञ्चालन गर्दै करिब २२ सय बचतकर्ताबाट करोडौं रकम संकलन गरेको छ ।

सहकारीले पैसा फिर्ता गर्न नसकेपछि अहिले सुचना नै टाँस गरेर बचत कर्ताहरु एकै पटक चल्ती खाता,मुद्धती र शेयरको रकम झिक्न आउँदा पुँजी ब्यवस्थापन हुन नसेकेको कारण देखाउँदै बुटवल कार्यालय केही दिनको लांिग काउण्टर बन्द गरिएको जानकारी गराईएको छ ।

सहकारी मर्च प्रक्रियामा रहेकाले फागुन २३ गतेसम्म पुँजी ब्यवस्थापन गर्नु पर्ने भएकाले आर्थिक कारोबार बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ । यस्तै सहकारीका सञ्चालक समितिका तर्फबाट प्रतिबद्धता भन्दै पछिल्लो समय केही अनलाईन सञ्चार माध्यमबाट समाचार आएपछि धेरै सदस्यहरु एकैपटक आफ्नो बचत रकम फिर्ता गर्न काउन्टरमा आईरहँदा देशैभरिका शाखाहरुमा एकैपटक प्रेसर देखिएको र सहकारी ऐन बमोजिम तरलता पनि सकिएको बताउँदै बचतको ठेलो हिस्सा बजारमा लगानी गरेको र त्यो सबै सुरक्षित रहेको उल्लेख गरेको छ ।

तर मुलुकको अर्थतन्त्रमा सिर्जना भएको असहज अवस्थाले सबै लगानी सहज रुपमा उठ्न नसकेको उक्त सहकारीले जनाएको छ । सहकारीमा देखिएको समस्या सामाधानको लागि प्रयाश गरिरहेको र आर्थिक मन्दीका कारण केही समस्या आए पनि प्रचार गरिएजस्तो सहकारीमा समस्या नरहेको सञ्चालक समितिहरुले दाबी गरेका छन । सहकारीका अध्यक्ष शुशिल बानिया, उपाध्यक्ष भोजराज पौडेल लगायत सदस्यहरुले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर कार्यालय बाहिर टासेकाछन ।

शिव शिखर बहुउद्देश्यीय सहकारी मात्र होईन अन्य जिल्लाबाट शाखा कार्यालय सञ्चालन गरेका अन्य सहकारीले पनि बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको गुनाशो आउने गरेको छ । सहकारीको मर्म अनुसार सञ्चालकहरुले सहकारी सञ्चालन नगर्दासमस्या देखा परेको रुपन्देही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त ढकालले बताउनु भयो ।

जिल्लामा स्थापना भएका सहकारी भन्दा पनि जिल्ला भन्दा बाहिरबाट शाखा कार्यालय खोलेर बचत सञ्चालन गर्दै आएको सहकारी बढि समस्या देखिएको उहाँले बताउनु भयो । अहिलेको आर्थिक मन्दिको प्रभाव र सहकारीले आफ्नो नीति भन्दा बाहिर जाँदा अहिले सहकारीमा समस्या परेको उहाँले बताउनु भयो ।

रुपन्देहीमा करिब ६०० सहकारी रहेका छन । देश संघीय संरचनामा नहुँदा जिल्लामा डिभिजन कार्यालयहरुबाट सहकारीको अनुगमन र नियमन हुने गर्दा सहकारी अनुशासित हुने गरेको तर अहिले नियमनकारी निकायको अलमलले गर्दा पनि समस्या देखा परेको ढकालको भनाई छ ।

अहिले तीनै तहका सरकारलाई आ–आफ्नो क्षेत्राधिकार भित्र पर्ने सहकारीको अनुगमन तथा नियमन गर्ने अधिकार छ । तर ति अनुगमन नियमन प्रभावकारी हुन नसक्दा सहकारीमा विकृती देखा पर्न थालेको सरोकारवालाहरुको भनाई छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad