Advertisement
विज्ञापन

रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै



Advertisement
विज्ञापन

पहिले पहिले गुन्द्रीको प्रयोग धेरै गरिन्थ्यो । तर अहिले समयको परिवर्तनसँगै बजारमा पाइने रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ छ । गुन्द्रीको स्थान हिले प्लास्टिकजन्य सामग्रीले ओगटेको छ । पछिल्लो समय बजारमा पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै जान थालेको हो । हिजो आज भने गुन्द्री बुन्ने चलन फाट्टफुट्ट मात्र भेटिने गरेको छ ।

गुन्द्री धानको परालबाट तयार गरिन्छ । गुन्द्री बुन्न, धागो, पराल र काठमा क्रमिक रुपमा मिलाएर साना(साना प्वाल बनाई निर्माण गरिएको हतासोको प्रयोग गरिन्छ । हतासोले ठोकी गुन्द्री तयार गरीन्छ । तर गुन्द्री बुन्ने सीप भने हुनुपर्छ । पछिल्लो समय गुन्द्री बुन्ने सीप नयाँ युवा पिढिले सिक्न नखोज्नुले पनि बजारमा पाइने प्लास्टिकजन्य सामग्रीको प्रयोग बढेको हो ।


Advertisement
Advertisement
Advertisement

गुल्मीको इस्मा गाउँपालिका(६ बुल्मकी सविना कुमाल अहिले कुन्द्री बुन्न व्यस्त हुनुहन्छ । १७ वर्षीय सविना गाउँमै रहेको विद्यालयमा कक्षा ११ पढ्नुहुन्छ । उहाँ स्कुल विदाको समयमा आमालाई गुन्द्री बुन्न सघाँउनुहुन्छ । गुन्द्री बुन्न पनि आमाबाटै सिकेको सविनाले सुनाउनुभयो । “निरन्तर रुपमा बुन्दै गए दुईरतीन घण्टामै गुन्द्रीको चटेकी बुनेर सिध्याउन सकिन्छ ।” उहाँले भन्नुभयो,(“घरमा प्रयोगका लागि चाहिने गुन्द्री घरमै बुन्दै आएका छौं ।”

बुल्ममा अधिकांश कुमाल बस्तीको बसोबास रहेको छ । उनीहरुले घरका लागि आवश्यक पर्ने चकेटी तथा गुन्द्रीहरु आफै बुन्दै आएका छन् । स्थानीय कमला कुमाल पनि यतिबेला गुन्द्री बुन्न व्यस्त हुनुहुन्छ । “चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुन्छ । बिस्कुन सुकाउन पनि सहज हुन्छ ।” कुमालले भन्नुभयो,(“विवाह, व्रतबन्ध अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ ।”

गुन्द्री खोज्दै आएकालाई विक्रि समेत गर्ने गरेको कुमालले बताउनुभयो । “एउटा गुन्द्रीलाई पाँच सय पर्छ । यसबाट आम्दानी पनि गर्न सकिन्छ ।” उहाँले भन्नुभयो,(“ पछिल्लो समय भने प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले गुन्द्रीको माग घट्दै गएको छ ।” आधुनिकता र सजिलोको नाममा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, चकटी साथै डोका(नाम्लाहरू बुन्ने र प्रयोग गर्ने चलन समेत संकटमा पर्छन् कि भन्ने पीर यहाँका पाका पुस्ताको रहेको छ । संरक्षण र प्रवर्दधनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुख्र्यौली सीप हस्तान्तरण गर्न आवश्यक छ । नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा तथा संस्कृतिको संरक्षण हुन कठिनाइ हुने देखिएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad