
महिला अधिकारकाे नारा घन्केकाे छ
मेराे हककाे खाेकरो भाषण चर्केकोे छ
तर खै मेराे आफ्नाे शरीर आफ्नै काल बन्दा हेर
आज म जिउँदै म मरेतुल्य भाछु ।।
अब मलाई अन्धकार रातसङ्ग डर लागेकाे छ
मलाई आफ्नाै घर श्मशान लागेकाे छ
खै जीवन दिने बुबाबाट बलात्कृत हुदा
हेर आज म मरेतुल्य भाछु ।।
आज सबै दाेष मेराे कपडा माथि लगाइएको छ
मेरा अङ्गहरू नै यसका कारण बनेका छन्
तर खै के देखियो र भयाे अबाेध बालिकाको बलात्कार र
यसमा सबै माैन देख्दा हेर आज म मरेतुल्य भाछु ।।
युगाैबाट घरका चार भित्ताले ढाकिएकाे मेराे जीवन
बसाैकाे बलिदान र सङ्घषले काेपिलाबाट निस्किदै त छ
तर खै जिवनकाे फुल फुल्नु नपाउदै निमाेठेर फाल्न खाेज्दा
हेर आज म मरेतुल्य भाछु ।।
आफ्ना अनि परिबारका सपनाले भरिएका छन्
यी आखाहरू सुन्दर भविष्यकाे कल्पना गरेर अघि बढेका छन्
यी पाइलाहरू तर खै यी काेमल आखामा तिखा काडाले घाेचेर पाइला पछि साथ बाहय बनाउदा
हेर म आज जिउँदै मरेतुल्य भाछु ।।
कहिले घर त कहिले समाज दुवै मेरा चिहान
बन्दै छन् कहिले आफ्ना त कहिले पराइ दुबै मेरा काल बन्दै छन्
तर खै जताततै आज मेरो जीवन भत्किन लाग्दा
हेर आज म जिउँदै मरेतुल्य भाछु ।।
सबैका ती तिता नजरले हेर आज घायल भएकि छु
फुलिरहेकाे जीवनमा लागेकाे अकस्मातकाे खडेरि उजाड र उदाङ्गाे पहाड बनेकि छु
तर खै कसैकाे याेवनकाे भेलले मेरो जीवन बगाइदिदा हेर
म आज मरेतुल्य भाछु ।।
बारम्बार लागेका असहा चाेटले
जीवन रित्ताे बनेको छ बारम्बार उठ्दा नि छेकियका मेरा पाईला
याे बाेझ झेल्न सकेका छैनन्
तर खै मेराे अस्तित्व नै मेटिने हाे कि भन्ने डरले हेर आज म मरेतुल्य भाछु ।।
लेखक :प्रियंका पन्थी कक्षा १२