Advertisement
विज्ञापन

बुटवल बहुमुखी क्याम्पस द्वारा आयाेजित वक्तृत्वकला सम्पन्न



Advertisement
विज्ञापन

 

बुटवल भाद्र १३ बिहीबार , बुटवल बहुमुखी क्याम्पस विद्यार्थी कल्याण शाखा द्वारा आयोजित ” युवाशक्ती सहितको देश विकास, गुणस्तरीय शिक्षा नै हो निकास” विषयक वक्तृत्वकला प्रतियोगितामा शिक्षा संकायकि छात्रा विन्दु पाण्डे प्रथम भएकी छन् भने व्यवस्थापन संकाय छात्रा करिश्मा मगर द्दितिय, मानविकी संकाय छात्र माधव बेल्बासे र विज्ञान संकाय छात्रा सुभेच्छा खनाल सान्त्वना भएका छन् ।


Advertisement
Advertisement

 

भाद्र १२ गते बुधबार सम्पन्न वक्तृत्वकला प्रतियोगिता बुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. दुर्गा भुसालको अध्यक्षता तथा त्रिवि प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पस इकाई सभापति प्रा. डा. अनन्त पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । क्याम्पस सहायक प्रमुख, प्राध्यापक, उपप्राध्यापक, स्ववियु पदाधिकारी उपस्थित कार्यक्रम विद्यार्थी कल्याण प्रमुख कुलानन्द पाण्डेको सांचालनमा सम्पन्न भएको थियो ।

 

वक्तृत्वकला प्रतियोगितामा १६ जना प्रतिस्पर्धी रहेका थिए भने प्रथम, द्दितिय, तृतिय र सान्तवना हुनेलाई नगद पुरस्कार, पाठ्य सामग्री तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । अतिरिक्त प्रतिभाको प्रस्फुटन सहितको कार्यक्रममा सहायक क्याम्पस प्रमुख लक्ष्मण कार्की तथा स्ववियु अध्यक्ष दुर्ग बहादुर एम सी लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad