तिमीसंगको कुरा (गजल)

म खोज्दै थिएँ बाहना बोल्न तिमीसंग
हुँदा मलाई चाहना बोल्न तिमीसंग।

म मात्रै त पागल होइन होला यहाँ
खोज्छन् होला धेरै जना बोल्न तिमीसंग।

मनका कुरा खुलाई एक पत्र भित्र
लेख्दैछु आफ्ना भावना बोल्न तिमीसंग।

जवाफ आउँछ आउदैन खै म भने
दिनमै बुन्छु सपना बोल्न तिमीसंग।

मधुसुधन पाण्डे
छत्रदेव गाउँपालिका,अर्घाखाँची

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै