Advertisement
विज्ञापन

मालारानी गाँउपालीकाका ६१ जनाको कोरोना परिक्षण गर्दा ७ जनामा सँक्रमण पुष्टि



Advertisement
विज्ञापन

 

अर्घाखाँची । मालारानी गाँउपालीकाको कोभिड अस्थायी अस्पतालमा आज ६१ जनाको एन्टिजेन किट मार्फत कोरोना परिक्षण गर्दा ७ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ ।
जसमा वडा नम्बर २ का १ जना , वडा नम्बर ३ का ३ जना ,वडा नम्बर ४ का २ जना र वडा नम्बर ५ का १ जनामा कोरोना सँक्रमण पुष्टि भएको मालारानी गाँउपालीकाका स्वास्थ्य साखा प्रमुख भविश्वर खनालले जानकारी दिनुभएको छ ।
वडा नम्बर ४ को गुफा भन्ने स्थानमा रहेको सभाहल नजिकैको कोभिड अस्थायी अस्पतालमा कोरोना परिक्षण गरिएको थियो ।
यसैबिच जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले उल्लेख गरेको बिवरण अनुसार मालारानी गाँउपालीकामा २ जनामा कोरोना सँक्रमण पु्ष्टि भएको छ । यो सगैँ आज मालारानी गाँउपालीकामा कोरोना सँक्रमण पुष्टि हुनेको सङख्या ९ पुगेको छ । जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले मालारानी गाँउपालीको कोभिड अस्थायी अस्पतालमा आज भेटिएका कोरोना सँक्रमितको सङख्या भोली मात्र उल्लेख गर्ने गरेको छ ।
यस्तै सन्धिखर्क नगरपालीकाका ४ , भुमिकास्थान नगरपालीकाका १ ,र शितगँगा नगरपालीकाका ३ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ ।
यस्तै आज एकैदिन अर्घाँखाँचीमा १०० जनाले कोरोनालाइ जितेका छन । जिल्लामा कोरोनाका सक्रिय सँक्रमितको सङख्या २०० भन्दा कम भएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad