Advertisement
विज्ञापन

अर्घाखाँचीमा जन्मियो दुइ टाउको भएको बाच्छी



Advertisement
विज्ञापन

दिपेन्द्र खत्री , अर्घाखाँची ।
अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर -०२ पटाैटीमा रहेकाे पुजा कृषि तथा पशुपंक्षी फार्मका एउटा अचम्मको बाच्छी जन्मिएको छ, जसका २ वटा टाउका छन् ।

दुइवटा टाउको भएको बाच्छी जन्मिएपछि पुजा पशुपंक्षी फार्मकी सञ्चालका मात्र होइन देख्नेजति सबै अचम्ममा परेका छन् ।


Advertisement
Advertisement

उक्त बाच्छीको घाँटीबाट दुइवटा टाउको पलाएका छन् । दुबै टाउको सामान्य अवस्थाका कामकाजी रहेका छन् । दुइ टाउका, ४ आँखा तथा दुइ मुख, दुई नाक र चार खुट्टा रहेका छन् ।

उत्त कृषि फर्मकि सञ्चालिका गाेमा खत्रीकाे जानकारीका अनुसार यो बाच्छी जन्मिएपछि उठ्न तथा हिँडडुल गर्न नसकेकाे र टाउको समेत उठाउन नसकेकाे र जन्मेकाे केही समय पछि मृत्यु भएकाे बताईन् ।

दुइवटा टाउको भएको अवस्थालाई पोलीसिफाली भनिन्छ । जुन निकै दुर्लभ अवस्था हो । लाखौँ जिवित जन्ममा एक जनावरमा मात्र यस्तो समस्या देखिने विज्ञहरु बताउँछन् ।

तस्बिर : नालीबेली न्युज
तस्बिर : नालीबेली न्युज


Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement