Advertisement
विज्ञापन

मालारानी ५ को तिजुकाचौरमा बाघले गोठालाको अघिबाटै लैजान थाल्यो बाख्रा



Advertisement
विज्ञापन

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ को तिजुकाचौर नजिकैको जङ्गलमा दिउसै बाघले बनमा चराउन लगेका बाख्रा झम्टिन थालेपछी स्थानीयहरु त्रसित भएका छन ।

गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएको समयमा हिजो गोठालाको अगाडिबाटै पेटमा २ वटा पाठा पाठी रहेको बाख्रालाई बाघले लगेर गएपछी स्थानीय त्रसित छन ।बाघले बाख्रा लगेको हल्ला फैलिएपछी जम्मा भएका गाउँलेले बाघले बाख्रा लतारेको बाटो पैलाउदै  जादा दुई सय मिटर तल बसेर बाख्रा खादै   गरेको अबस्थामा बाघलाइ  देखेर लखेटेका थिए ।


Advertisement
Advertisement

जङ्गलमा जताततै  बनमारा फैलिएकोले बाघ  र जंगली जनाबर लुक्न सहज हुने भएपछी  डर पैदा भएको छ ।

यस अघि पनि तिजुकाचौर गाउँ नजिकै रहेको मालारानी ४ को खन शीत भन्ने गाउँको एक स्थानियको  गोठबाट पनि बाघले  गोठमा बाधेको भैसिको पाडो खाइदिएको थियो ।गाउँमा ग्यासबाट खाना पकाउने चलन सुरु भएसङ्गै जङ्गल  बढदो छ । गाउँमा पशु चौपाया कम पाल्न थालेपछी घाँस दाउरा खोज्न जाने घटेका छन । जङ्गल बढेसङ्गै  अहिले एक्लै जङ्गलमा जान गाउँलेहरु डराउने गरेका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad