Advertisement
विज्ञापन

२५ वर्षिय मृगौला पिडित भाेजेन्द्र लाई स्मार्ट युवा क्लबले गर्याे आर्थिक सहयोग



Advertisement
विज्ञापन

जेष्ठ १३ अर्घाखाँची ,अर्घाखाँची जिल्ला मालारानी गाँउपालिका वडा नं २ कुबिन्डे निवासी वर्ष २५ का भोजेन्द्र बहादुर के.सी लाई स्मार्ट युवा क्लबले आर्थिक सहयोग गरेकाे छ । के. सि यतिबेला दुवै मृगौला फेल भई हाल जिबन र मृत्युको लडाई हेमोडायलासिस विधिद्वारा लडदै आईरहनु भएको छ। हाल के .सी …… उपचरात्मक छन । मृगौला प्रत्यारोपण ज्यादै महँगो हुने र घरको आर्थिक अबस्था कमजोर भएकोले सबैसँग हारगुहार गर्दै आइरहेका छन। “स्मार्ट युवा क्लब मालारानी -२” सक्रियता साथ खटेको र भोजेन्द्र बहादुर के सी बचाउ अभियानमा पनि हातेमालो गर्दै क्लबको नियमअनुसार क्लब तर्फबाट रु. ५००० सहित जम्मा रकम रू ४२८५५ रूपैँया सहयाेग गरेकाे छ। सम्पूर्ण सहयाेग दाताहरूलाई धन्यवाद दिदैँ अझै पनि यस अभियानमा ऐक्यवद्धता जनाउदै सहयोग जुटाउन लागिपरेको क्लब अध्यक्ष प्रदिप गाैतमले जानकारी दिए।
दुखि गरिबकाे घाउमा मलम लाँउदै सामाजिक कार्य सक्रियतामा स्मार्ट युवा क्लब एक कदम अगाडि छ।


Advertisement
Advertisement

नालीबेलि परिवारकाे तर्फबाट भाेजेन्द्र बहादुर के.सी लाई शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै । यदि हजुरहरूले पनि सहयोग गर्ने इच्छा व्यक्त गरे तलकाे खाता नम्बरमा सहयोग गर्नुहुन वा स्मार्ट युवा क्लबलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछाै ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad