Advertisement
विज्ञापन

जाडोमा छालालाई सुख्खापन हुनबाट यसरी जोगाऔँ



Advertisement
विज्ञापन

जाडो याममा छालामा धेरै प्रकारका समस्या देखा पर्ने गर्छन् । यस याममा छाला सुख्खा, हावा अनि चिसोले एलर्जी, फुस्रो हुने लगायतका समस्या देखिने गर्छ । यद्यपि यस याममा अधिकांशले अनुहार र हातलाई बढी स्याहार गरेको पाइन्छ ।

जाडो मौसममा छाला सुख्खा हुँदा चहर्‍याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुनेजस्ता समस्याले प्रायलाई सताएकै हुन्छ । त्यसैले, जाडो मौसममा अनुहार र हातलाई मात्रै स्याहार नगरी शरीरको सम्पूर्ण छालालाई ध्यान दिनुपर्ने हुन्छ ।


Advertisement
Advertisement
Advertisement

यस्तै, नियमित औषधि सेवन गर्नेको छालामा बढी सुख्खापन आउने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा. लैला लामा बताउँछिन् । सुगर, ब्लड प्रेसर, मिर्गौला औषधि सेवन गर्नेको छालामा सुख्खापना बढी देखिने गर्छ ।

यसरी आउँछ छालामा सुख्खापन 

छालामा सुख्खापन विभिन्न कारणहरूले आउने गर्छ । धेरैले चिसो हुन्छ भनेर गर्मी याममा भन्दा कम पानी पिउँदा सुख्खापन आउने गर्छ । खानपिनमा ध्यान नदिँदा समस्या सिर्जना हुन्छ । यस मौसममा धेरैले तातो पानीले नुहाउँदा, साबुनको धेरै प्रयोग गर्दा छालामा समस्या आउने गर्छ ।

जाडोमा धेरै लामो समयसम्म घाममा बस्दा शरीरमा घामका विकिरण छिर्दा पनि छालामा समस्या आउन हुन सक्छ । बजारमा पाइने जुन पायो, त्यही मोस्चराइजर क्रिम र साबुनको प्रयोग गर्दा छालामा विभिन्न खालका समस्या देखिने गर्छ ।

जाडोमा छाला जोगाउन यसो गरौँ   

जाडो मौसममा छालामा समस्या आउन नदिन प्रशस्त  पानी पिउनुका साथै खानपानमा जोड दिन जरुरी हुन्छ । छालालाई सुख्खा हुन नदिन अनुहारलाई मात्रै बढी ख्याल नगरेर हात, खुट्टामा नियमित बिहान साँझ मोस्चराइजर प्रयोग गर्नुपर्छ । नुहाइ सकेपछि मोस्चराइजरको लगाउनुपर्छ ।

ओठमा लीपबाम लगाउने, अनुहारमा नियमित सनस्क्रिनको प्रयोग गर्नुपर्छ । जाडोमा सामान्य छाला पनि खस्रो हुने भएकाले छाला सुख्खा हुन नदिन नियमित रूपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

जाडोमा ऊनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुख्खा भएर चिलाउने गर्छ । त्यसले शरीर चिलाउने हुँदा सुतीको पातलो लुगा लगाएरमात्र बाहिरबाट उनीको लुगा लगाउनु उचित हुन्छ । यसले छालामा सुख्खापन आउन दिँदैन ।

चिसोले छाला सुख्खा हुँदा कत्ला निस्कने गर्छ । छालाबाट कत्ला निस्किएको अवस्थामा चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ । यदि चिल्लो पदार्थको प्रयोग गर्दा पनि समस्या कम नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

यस्तै, जुन पायो, त्यही साबुनले नुहाउँदा छालामा धेरै सुख्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँदा प्रयोग गरिने साबुन फरक फरक हुनुपर्छ । जाडोमा नुहाउँदा कसैलाई ग्लिसिरिनयुक्त साबुनको प्रयोग गर्नुपर्ने हुन सक्छ भने कसैलाई मोस्चराइजर साबुन प्रयोग गर्नुपर्छ । काठमाडौँलगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा बस्ने प्रायःलाई हात, खुट्टाका औँला रातो भएर सुन्निने समस्याले सताउने गर्छ ।  त्यसैले पानी खेलाउनुभन्दा अगाडि रबरको पञ्जा लगाएमा औँला सुन्निदैन । यस्तै, औँला सुनिन नदिन ‘हट वाटर ब्याग’ ले हात सेक्नुपर्छ ।

जाडोमा जुत्ता लगाउँदा पातलो सोल भएको लगाउन हुँदैन । ‘स्पोर्टस’ जुत्ता लगाउनु पर्छ । यस्तै, हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनु पर्छ ।

छाला सुख्खा हुन नदिन नरिवलको तेल निकै लाभदायी मानिन्छ भने मह, जैतुनको तेल, दूधको क्रिम र एलोभेरा जस्ता घरायसी चिजलाई मोइस्चराइजरको रूपमा छालामा प्रयोग गर्न सकिन्छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad