Advertisement
विज्ञापन

विदेशी पर्यटक आगमन २२ प्रतिशतले बढ्यो



Advertisement
विज्ञापन

काठमाडौँ, १७ भदौ ।

गत एक महिनामा नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार असार १५ देखि साउन १५ सम्मको अवधिमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो ।


Advertisement
Advertisement

यस अवधिमा भारतबाट सर्वाधिक ३५ हजार, चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ पर्यटक नेपाल आएका छन् । चालु वर्ष पुसदेखि हालसम्म झण्डै ७ लाख ३६ हजार ५६२ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

यसैबीच सरकारले हिमाल आरोहणको लागि नयाँ शुल्क निर्धारण गरेको छ । पर्यटन विभागका अनुसार हिजोदेखि लागू भएको नयाँ व्यवस्था अनुसार विदेशी आरोहीले वसन्तयाममा दक्षिण–पूर्वी मार्गबाट सगरमाथा आरोहण गर्न १५ हजार अमेरिकी डलर तिर्नुपर्नेछ । शरद ऋतुमा शुल्क ७ हजार ५ सय डलर र शिशिर तथा वर्षायाममा ३ हजार ७५० डलर तोकिएको छ ।

सगरमाथाबाहेक अन्य ८ हजार मिटरभन्दा माथिका हिमालका लागि वसन्त ऋतुमा ३ हजार, शरद ऋतुमा १ हजार ५ सय र अन्य याममा ७५० डलर शुल्क निर्धारण गरिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement