पाल्पामा महिलाको शव फेला
पाल्पाको रम्भा गाउँपालिका–३ सिता पहाड नजिकै एक महिलाको शव फेला परेको छ । सिद्धार्थ राजमार्ग छेउको खोल्सामा शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होम प्रकाश चौधरीले जानकारी दिएका छन् ।
बुधबार दिउँसो बोलेरो चालकले सडक छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिला करिब ३० देखि ३५ वर्ष उमेर समूहकी मधेसी मूलकी भएको अनुमान गरिएको छ । उनको अनुहार र टाउकोमा चोटपटक देखिएकाले हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको छ ।
मृतक महिलाले निलो कुर्ता–सलवार लगाएकी थिइन् । प्रहरीले उनको पहिचान खुलाउन प्रयास गरिरहेको छ । घटनास्थलको अवस्थाले दुर्घटनाभन्दा आपराधिक गतिविधि भएजस्तो देखिएकाले घटना रहस्यमय बनेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवन भट्राईका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ