जन्म उत्सवको अवसरमा विद्यालयलाइ खेलकुद सामाग्री वितरण
२२४५
गुल्मी । गुल्मीका एक युवाले जन्म उत्सवको अवसरमा विद्यालयलाइ खेलकुद सामाग्री प्रदान गरेका छन ।
जिल्लाको रेसुङ्गा नगरपालिका –११ का भरत थापाले आफ्नो जन्म उत्सवको अवसर पारी सोही स्थानको राङबास माध्यमिक विद्यालयमा १० हजार बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन।
जन्म दिनमा गरिने फजुल खर्च कटाएर आफुले अध्ययन गरेको विद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरेको थापाले जानकारी दिए । विद्यार्थीलाई खेल क्षेत्रमा प्रोत्साहन र उत्साहित गर्न आफ्नो यो प्रयास रहेको बताए ।




