Advertisement
विज्ञापन

डडेल्धुराबाट काँग्रेस सभापति देउवा एकल सिफारिस



;~rf/sdL{;Fu ;efklt b]pjf gf/fo0fu9 -lrtjg_ !* kmfu'g M k"j{ k|wfgdGqL Pjd sfFu|]; ;efklt z]/axfb'/ b]pjf z'qmaf/ lrtjgsf] e/tk'/ ladfg:yndf ;~rf/sdL{;Fu ;d;fdlos ljifodf s'/fsfgL ub}{ . tl:a/ M ;gb clwsf/L÷/f;;
Advertisement
विज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट फागुन २१ को निर्वाचनका लागि एक शिफारिस भएका छन् ।

कांग्रेस डडेल्धुराको बिहीबार बसेको पार्टी बैठकले देउवाको नाम एकल सिफारिस गरेको हो । जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवाको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । देउवाले यसअघि नै जिल्लाका नेताहरूसँग आफु अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।


Advertisement
Advertisement

देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी हुँदै आएका छन् ।

डडेल्धुराबाट समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि भीमबहादुर साउद र रघुवर भट्टलाई सिफारिस गरिएको छ ।

कांग्रेसले केन्द्रबाट फागुन २१ मा हुने निर्वाचनका लागि उय्म्मेद्वर सिफारिस गर्न दिएको निर्देशन अनुसार धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement