Advertisement
विज्ञापन

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव



Advertisement
विज्ञापन

नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो । यसको दर बढेको बढ्यै छ तर राज्यको निकायले यो क्षेत्रलाई कसरी निराकरण गर्न सकिन्छ भनेर त्यति ध्यान दिएको पाइँदैन । समाजमा आत्महत्या हुन्छ, केही दिन यसबारे हो÷हल्ला हुन्छ, त्यत्तिकै हराएर जान्छ । कुनै पनि मानिसले त्यत्तिकै आत्महत्या गर्दैन । उसले जीवन जिउनका लागि धेरै संघर्ष गरेको हुन्छ । समाजमा जिउन हरप्रयास गरेको हुन्छ । धेरै संघर्षपश्चात पनि उसले जीवन जिउने आधार पाएन भने उसको अन्तिम उपाय आत्महत्या हो ।

मनोचिकित्सक भन्छन्–आत्महत्या तनावपूर्ण जीवन परिस्थितिहरूको प्रतिक्रिया हो । यो मानसिक स्वास्थ्य समस्याहरूमा विशेषगरी डिप्रेसनको चरम अभिव्यक्ति हो । विभिन्न मनोविद्का अनुसार आत्महत्या भनेको एक जेनेटिक आधार हो, आफ्नै मनोविज्ञान र भावनात्मका कारणले गर्दा नै मानिसले आत्महत्या गर्ने निर्णय गर्छ । तर अब यो मनोवैज्ञानिक धारणा कतै अपुरो त छैन ? समाजमा मानिसले आत्महत्या गर्ने निणर्यहरू के समाजमा भएका सामाजिक संरचनागत कारण त होइन ? यसबारे घनिभूत छलफल हुनुपर्छ ।


Advertisement
Advertisement

कुनै व्यक्ति उच्चरूपमा समाजमा समाहित बनाउन सकियो भने जसले कुनै पनि व्यक्तिमा आत्महत्यालाई न्यून गर्न मद्दत गर्दछ । 

समाजशास्त्री इमाइल दुर्खिमले भनेका छन् कि आत्महत्या मनोविज्ञानिक र भावनात्मक कारणले मात्र नभई सामाजिक कारणले हुन्छ अर्थात् यस्तो निर्णयमा मानिस पुग्छ । हो, मानिस सामाजिक प्राणी हो । ऊ समाजविना बाँच्न सक्दैन । कुनै पनि व्यक्ति वा परिवारलाई हाम्रा समाजमा भएका

सामाजिक संरचनाले हरसमय बाँधिराखेको हुन्छ । अहिलेको जल्दोबल्दो समस्यामा आत्महत्याको समाजिक मुद्दा भनेको प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर आगो लगाई आत्महत्या गरिएको विषय हो । यही समयावधिमा धेरै मानिसले आत्महत्या गरिसकेका छन् । तर अरूको बारेमा खोजीनीति भएको छैन । भर्खर एक लोकदोहोरी गायकले आत्महत्या गरेका छन् ।

आत्महत्या धेरै कारण भएका छन् । यसमा सामाजिक संरचनाले प्रभाव पारेको छ । कसैले वैवाहिक सम्बन्धमा दरार आएर आत्महत्या गरेका छन् । आत्महत्या हुने कारणहरू नेपाली समाजमा भएका सामाजिक संरचना नै हुन् ।

दुर्खिमका अनुसार मानिसले आत्महत्या गर्ने प्रमुख कारण सामाजिक हो । त्यसैले उनले जीवविज्ञान र मनोविज्ञान जस्ता अन्य विज्ञानबाट व्याख्या गरिएको आत्महत्याका कारण अस्वीकार गरेका छन् । जैविक र मनोवैज्ञानिक कारणले मात्र मानिस आत्महत्याका लागि तयार हुँदैन । यसमा धेरै सामाजिक कारणले प्रभाव पारेको छ । यो भनाइ शतप्रतिशत सान्दर्भिक पनि छ ।

कुनै व्यक्तिलाई समाजमा राम्ररी समाहित गर्न सकिएन भने त्यस्ता परिघटनाले उसलाई आत्महत्या गर्न प्रतादित गर्छ । यो अध्ययनले पनि देखाएको छ । त्यसैगरी कुनै व्यक्ति उच्चरूपमा समाजमा समाहित बनाउन सकियो भने जसले कुनै पनि व्यक्तिमा आत्महत्यालाई न्यून गर्न मद्दत गर्दछ ।

कुनै पनि व्यक्ति जो डिप्रेसनमा छ, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा प्रतचडित छ भने जतिसक्दो चाँडो सामाजिक सद्भावको घेराभित्र ल्याउन सक्नुपर्छ । यस्ता धेरै हाम्रा सामाजिक संरचना छन् जसले आत्महत्या गर्न प्रेरित गर्छ । मानव व्यवहारमा सामाजिक परिस्थितिले प्रभावित गर्छ । फलस्वरूप हामीले सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाको परिवेश तथा सन्दर्भ बुझ्नु आवश्यक छ ।

आर्थिक वर्ष २०६८/६९ को आत्महत्या गर्नेको दर र आर्थिक वर्ष २०७८/७९ आत्महत्या प्रतिशत हेर्ने हो भने ७२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

रोकथाम र नियन्त्रण  

आत्महत्या रोकथाम विश्वभरि चुनौती बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब आठ लाख मानिसले आत्महत्या गर्छन् । जुन संख्या प्रत्येक ४० सेकेन्डमा एउटा आत्महत्या बराबर हुन्छ । आर्थिक वर्ष २०२१–०२२ मा ६ हजार ७ सय ९२ जनाले आत्महत्या (औसत प्रत्येक दिन १८ जनाभन्दा बढी) गरेका देखिएको छ । यो संख्या अघिल्लो आर्थिक वर्ष २०२०–२०२१ को तुलनामा कम थियो जब ७,११७ (प्रत्येक दिन १९ भन्दा बढी)ले आफ्नो ज्यान आफैँ लिए ।

चिन्ता छ कि आत्महत्या गर्ने अवस्था दिन÷प्रतिदिन बढ्दो छ । अझ झन् यसले विकराल रूप लिने अवस्था देखिँदैछ । आर्थिक वर्ष २०६८/६९ को आत्महत्या गर्नेको दर र आर्थिक वर्ष २०७८/७९ आत्महत्या प्रतिशत हेर्ने हो भने ७२ प्रतिशतले वृद्धि भएको देखिन्छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार ६.५ प्रतिशत मानिस आत्महत्या गर्ने योजना र विचार गर्छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वभर १५ वर्षदेखि २९ वर्षको उमेरमा मृत्युको एक प्रमुख कारण आत्महत्या हो । यसरी नेपाली समाजमा युवा जमात नै आत्महत्यामा बढी सहभागी रहेको पाइन्छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement