Advertisement
विज्ञापन

जोखिमयुक्त घरमै बस्न बाध्य दुम्सीडाँडाका पहिरोपीडित



Advertisement
विज्ञापन

काभ्रे–कार्तिक ७ गते बिहान पनौती १२ कलाँतीको दुम्सीडाँडा पुग्दा स्थानीय उजेली हुमागाईं पहिरोले भत्किएको घरभित्र थिइन् । वर्षौंदेखि बस्दै आएको उजेलीको घर असोज १० देखि १२ गतेसम्मको वर्षापछि आएको पहिरोले बस्दै नहुने बनाइदिएको छ । ‘कहाँ बस्ने कहाँ जाने ?’ थाम्न खोज्दाखोज्दै नरोकिएका आँसु बहाउँदै उजेली भनिरहेकी थिइन् ।

उजेलीको परिवार अहिले छिमेकीको घरमा शरण लिएर बसिरहेको छ । ६ महिने सुत्केरी बुहारीसहित कष्टकर दिनचर्या वितिरहेको छ उजेलीको परिवारको । घरमाथि रहेको ढुंगासँगै आएको पहिरोले उनको गोठ पुरै भत्काइदियो । व्याउन लागेको भैसीसहितका बस्तु सबै पुरिए । ‘बल्लतल्ल गाइ एउटा निकालेर उता लगें’ उजेली भन्छिन्, ‘अब त बासै रहेन ।’


Advertisement
Advertisement

असोजको महाविपत्तिले पनौती १२ मा मात्रै १७ घर जोखिमममा पारेको छ । स्थानीय कृष्ण हुमागाईंको घरसहित गोठमा रहेका १७ वटा पशुचौपाया पहिरोले बगायो । पहिरोमै पुरिएका पशुचौपाया निकालेर गाड्ने ठाउँसमेत छैन । ‘अहिले भाईको घरमा बसिरहेको छु’ कृष्ण भन्छन्, बस्ने ठाउँ, गरिखाने पशुवस्तु केही बाँकी रहेन ।’

स्थानीय समाजसेवी भरत दाहालका अनुसार उजेली हुमागाईंको घरसँगै रहेको ढुंगाका कारण तल बजारसम्मका घरहरु जोखिममा परेको छ । कुनै पनि बेला त्यहाँ फेरि पहिरो जाने खतरा छँदैछ । सोही पहिरोले उजेलीको गोठसहित कृष्ण हुमागाईंको घरगोठ बगाएको थियो । पहिरोको ढुंगा हटाउन नेपाली सेनाको टोलीलेसमेत पटक पटक ड्रिल मेसिन प्रयोग गरेको तर नसकेर उसै फर्किएको भरत बताउँछन् । गाउँका कतिपय मानिस विस्तापित भइसकेको र कतै जान नसक्नेहरु जोखिम मोलेरै बसिरहेको भरत बताउँछन् । उनका अनुसार गाउँमा जानआउनसमेत समस्या छ भने बसिरहेकाहरुलाई खानेपानी पाउनै मुस्किल भएको छ । दुम्सीडाँडासहित कलातीमा ल्याइएको खानेपानी आयोजनाको ८ किलोमिटर भन्दा बढी पाइपलाइन बाढीले बगाएको छ । खानेपानी आयोजनाको इनटेकमा बल्ल पुगेर फर्किएको बताउने भरतले आयोजना सुचारु गर्न तत्काल सम्भव नै नरहेको बताए ।

दुम्सीडाँडाकै लेवनाथ बजगाईंको परिवार अहिले जोखिम मोलेरै गाउँमा बसिरहेका छन् । उनको घरमूनि रहेको बारी पहिरोले लगिसकेको छ । बचेको केही भागमा लगाइएको आलु खन्न जानसमेत नसकिने अवस्था रहेको लेवनाथ वताउँछन् ।

दुम्सीडाँडा पुगेकी पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले गाउँ नै अन्यत्र पुनस्र्थापना गर्नुपर्ने देखिएको बताइन् । ‘यहाँका कुनै पनि घरमा बस्न सकिने अवस्था नरहेको पाएँ’ बन्जारा भन्छिन्, ‘जोखिम मोलेर बसिरहेका नागरिकलाई अन्यत्र पुनस्र्थापनाको विकल्प छैन ।’ गाउँमा राहत नपुगेको गुनासो समेत आएको बताउँदै उनले राहतमा छुटेकाहरुलाई तत्कालै राहतको व्यवस्थापन गरिने बताइन् । झण्डै एक महिनासम्म सुत्केरीलाई नगरपालिकाले दिएको राहत नपाएकी आशिका हुमागाईंलाई उपप्रमुख बन्जाराले राहत नपाएको गुनासो आएलगत्तै तत्कालै राहत पु¥याउने व्यवस्था गरेकी छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad