Advertisement
विज्ञापन

बाबुको किरिया बसे दिदीबहिनी



Advertisement
विज्ञापन

दाङ।बाबुको मृत्युपछि आमा सविता वलीसँगै किरियामा बसेका दुई छोरी आकृति र स्मृतिलाई समवेदना दिन आउनेको शुभचिन्तकको घुईंचो छ । जेठी छोरी आकृतिले कक्षा १२ भरखरै पास गरेकी छन् भने कान्छी छोरी स्मृति कक्षा ११ मा अध्ययनरत छिन् । उनीहरुका सहपाठी र आफन्त मात्रै होइन आकृति र स्मृतिले गरेको सहास र हिम्मतमा एक्यबद्धता जनाउन, प्रोत्साहन सहित साथ समर्थन दिन यहाँका सामाजिक अभियान्ता, मानवअधिकारकर्मीलगायत विभिन्न समुदायका मानिसहरु भेटघाटमा आइरहेका छन् ।

बुवाआमाको मृत्युपछि छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई तोड्दै घोराही उपमहानगरपालिका वडा नम्बर १७ पनौराका यी दिदी–बहिनी दिवंगत बुवाको किरियापुत्री बसेका हुन् । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित ४५ वर्षीय नारायणबहादुर वलीको यही भदौ २३ गते निधन भएको हो ।


Advertisement
Advertisement
Advertisement

वलीको निधनपछि १८ वर्षीया आकृति र १७ वर्षीया स्मृतिले बुवाको दागवत्ति दिने र आफै किरियामा बस्ने निर्णय लिए । बुवाले आफुहरुलाइ सधैं छोरा सरह व्यवहार गरेर रेखदेर र हेरचाह गरेको स्मरण गर्दै जेठी छोरी आकृतिले आफ्नोे कर्तव्य पूरा गरिरहेको बताइन् । समाजमा छोरा नै चाहिन्छ भन्ने मान्यतालाई चिर्दै अगाडि बढेको बताइन् ।

हामीले बुवा बिरामी हुँदादेखि नै रेखदेख र स्याहार सुसार गयौं किरिया पनि आफै गरौ भनेर दिदीबहिनीले सल्लाह गयौं आमाले पनि साथ सहयोग दिनुभयो अनि किरियाको काम गरेका हौ, उनले भनिन् । बुवाको निधनपछि छोराले मात्रै किरिया बस्नुपर्छ भन्ने पुरातन मान्यतालाई चिर्दै दुई दिदीबहिनी आफ्नो बुवाको निधनपछि अहिले किरिया बसेर सन्तानको कर्तव्य पूरा गरिरहेको बताइन् ।

“बुवाले सानैदेखि छोरा छोरी समान हुन् भन्ने सिकाइन् । बुवाले दिएको सँस्कार अनुसार नै हामी किरियामा बसेको छौँ”, आकृति भन्छिन् । सन्तान भनेकै दुई छोरी भएकाले बुवाले गरेको माया र त्यागप्रति सम्मान गर्दै किरिया बस्ने निर्णय लिएको आकृति बताउछिन् ।

छोरीहरु बाबुको किरियामा बसेपछि मृतक वलीकी पत्नी सवितालाई पनि आत्मसन्तुष्टी मिलेको छ । ‘श्रीमान् गुमाउँदाको मनमा पिडा छ तर छोरीहरुले आफूलाई साथ दिएकाले मन भुलाउन सकेकी छु ’, सविताले भनिन् । बाबु बिरामी भएदेखि स्याहार सुसारमा निकै खटेका आकृति र स्मृतिको व्यवहार र बुवाप्रतिको सम्मानले छोरा भएनन् भन्ने सोंच आफूलाई कहिल्यै नआएको बताइन् ।

सामाजिक अभियन्ता टानबहादुर बन्जाडेले छोराछोरी बराबरी भएका कारण नानीले बुवाको किरिया आफै गर्ने भनेर अघि सरेपछि परिवारले पनि सहर्ष स्वीकार गरेर साथ दिएको बताए । समाजमा प्रायः छोराहरु नै बाबुको किरिया बस्नुपर्छ भन्ने रुढीबादी र गलत संस्कार छ तर आकृति र स्मृतिले गलत सँस्कार तोडेर नयाँ सन्देश दिएका छन् । ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता छ, तर यी छोरीहरुले समाजलाई नयाँ सन्देश दिएका छन्’ बन्जाडे भन्छिन् ।

छोरीहरुमाथि गरिने साँस्कृतिक विभेदको अन्त्यका लागि छोरीहरु नै अगाडि बढ््नुपर्ने अधिवक्ता निर्मला सुवेदी बताउछिन् । एकातिर धार्मिक परम्परा र संस्कारलाई पनि निरन्तरता दिँदै जाने, अर्कातिर छोरा र छोरीमा संस्कारजन्य विभेद पनि कायम गर्दै जाने कारणले गर्दा पनि हिन्दु धर्म र परम्पराप्रति औँला ठडिने क्रम बढेको उनको दाबी छ ।

महिला मञ्चद्धारा ऐक्यवद्धता

पितृसत्तात्मक सोँचमा परिवर्तन ल्याउन आकृति वली र स्मृति वलीले आफ्ना पिता नारायणबहादुर वलीको काजकिरिया गर्न थालेकोमा उच्च प्रशंसासहित सामाजिक रुपान्तरणका लागि महिला मञ्चले ऐक्यवद्धता प्रकट गरेको छ ।

बिगत ५ वर्षदेखि छोराछोरी बाराबरी भन्ने मान्यतालाई आत्मसाथ गरि दाङमा रहेका छोरीका आमाहरु संगठित भइ खोलिएको संस्थाले काम गर्दै आएको छ । सस्थाले छोराछोरी बराबरीको कुरालाइ अगाडि बढाउने काम गरेको संस्थाकी अध्यक्ष सुशीला आचार्यले बताइन् । छोराछोरी बराबरी र उनीहरूलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु जरुरी रहेको बताइन् । एउटै कोखबाट जन्मिएका छोरीले बुवाआमाको किरिया गर्न नमिल्ने भन्ने हुँदैन, अब समाजको सोंच परिवर्तनका लागि आकृति र स्मृति जस्ता छोरीको आवश्यक छ उनी भन्छिन्, पितृसत्तात्मक समाजलाई छोरीहरुले चुनौती दिएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad