कर्णालीमाहराउँदै ‘स्थानीय कोदो
सल्यान। कोदो नेपालको परम्परागत रैथाने बाली हो । सल्यान लगायत कर्णालीका अन्य जिल्लामा पहिले यसको खेती व्यापक रूपमा हुने गथ्र्यो । तर पछिल्लो समय कोदो खेतीमा गिरावट आएको छ । नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बाली खेती घट्दै गएको कृषि सम्बन्धी जानकारहरू बताउँछन् । जिल्लामा कोदो खेती निकै कम हुँदै गएको छ । मुख्यतया नगदे बालीको लोकप्रियताले र कोदो खेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएको कारणले धेरै किसानले कोदो खेती छाड्दै गएको पाइन्छ ।
सल्यानका कृषकहरू अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका छन् । जिल्लाको केही क्षेत्रमा कोदो खेती अझै पनि केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा पनि उत्पादनमा कमी आएको देखिन्छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका कृषक तुल्सीराम थापाले गाउँमा पहिला कोदो धेरै लगाउँने गरिएको भएपनी विभिन्न कारणले मानिसहरू कोदो खेतीबाट पछि हट्दै गएको बताउँछन् । “विशेष गरेर चामलको भात खाने चलन बढ्यो, फाइदा पनि अन्य नगदेबालीले दिने भएपछी र कोदोको महŒवबारे पर्याप्त जानकारी नभएर गाउँका धेरै किसानले कोदो खेती छाडेका छौँ’, उनले भने ।
कोदोको फाइदा धेरै छ । खासगरी यसले स्वास्थ्यमा महŒवपूर्ण लाभ प्रदान गर्ने भएकाले बिस्तारै यसको माग पनि बिस्तारै बढ्दैछ । यद्यपि कोदो खेतीलाई प्रोत्साहन दिनका लागि सरकारी तवरबाट प्याकेजिङ र बजारीकरणमा जोड हुन सकिरहेको छैन । किसानहरूले कोदो उत्पादनलाई निरन्तरता दिन सकेमा यसले पोषण र आर्थिक फाइदा दुवै पु¥याउन सक्छ ।
कम पानी र कम लगानीमा नै कोदो फस्टाउन सक्ने भएकाले उच्च पहाडी र ग्रामीण क्षेत्रमा यो बालीले निकै फाइदा पु¥याउन सक्छ । यसको खेती उब्जनी कमजोर माटोमा पनि सम्भव हुने भएकाले किसानहरूले सजिलै उत्पादन गर्न सक्छन् ।
कोदो जस्ता परम्परागत बालीहरू संरक्षण गर्दा स्थानीय जैविक विविधता सुरक्षित राख्न सकिने बिज्ञहरूको भनाइ छ । रैथाने बालीको खेतीले माटोको गुणस्तरमा सुधार ल्याउने र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पु¥याउने पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम सल्यानका आयोजना प्रमुख डाक्टर दिगम्बरसिंह दाहाल बताउँछन् । किसान तथा कृषि अधिकृतहरूका अनुसार, कोदो खेतीमा लगानी गर्न सजिलो भए पनि बजारमा उचित मूल्य नपाउनु र अन्य बालीहरूको आकर्षणले यसलाई पछि धकेलेको छ ।
कोदोमा फाइबर, प्रोटिन, र खनिजहरू जस्तै क्याल्सियम, आइरन, र म्याग्नेसियमको मात्रा उच्च हुन्छ । यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत पुर्याउँछ। साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ । कोदोको महत्व निकै भएकाले यसको संरक्षण र खेतीलाई निरन्तरता दिन सरकारी निकाय र किसानहरूले प्रभावकारी संयोजनमा काम गर्नुपर्ने देखिन्छ ।
हराउँदै ‘स्थानीय कोदो’