Advertisement
विज्ञापन

सुरु भयो नेपालकै ठूलो अटो शो : विद्युतीय सवारी साधनमा आकर्षण



Advertisement
विज्ञापन

काठमाण्डौं।नेपालकै ठुलो नाडा अटो शो २०२४ सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै नाडा अटो शो सुरू भएको हो

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताए । ट्रेडिङबाट उत्पादन उन्मुख हुनु नेपालको अटोमोबाइलका लागि सुखद् भएकोे बताउँदै मन्त्री पौडेलले अटो मोबाइल्सको क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने बताए । मन्त्री पौडेलले भने, ‘अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना छ । ‘अब सवारीसाधन बेच्ने मात्र होइन, अब अटो उत्पादनतर्फ लाग्नुपर्छ, राज्यले यसमा साथ दिन्छ’– उनले भने । मन्त्री पौडेलले विद्युतीय सवारी (ईभी) को साधनको हकमा सरकारले चाँडै नै उचित नीति लिने पनि बताए ।


Advertisement
Advertisement
Advertisement

यस्तै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘अटोमोबाइल क्षेत्रलाई नीतिगत स्थिरता र दीर्घकालीन योजना आवश्यक छ। हाइब्रिड र इभी सवारीसाधनहरूको प्रवर्द्धनका लागि सरकारको स्थिर नीति अपरिहार्य छ ।’ उनले नाडामा सवारीसाधन खरिद वा बुकिङका लागि मात्र नभइ यसबारे रूचि राख्ने सबैले भ्रमण गरी बजारको पछिल्लो ट्रेन्डबारे समेत जानकारी लिन सक्ने बताए । नाडा अटो शो मा सवारीसाधन तथा तिनको पाटपूर्जा प्रदर्शनी, तिनका विशेषताहरूदेखि फाइनान्सिङको प्रबन्धबारे जानकारी र बुकिङ समेत गर्न सकिने अध्यक्ष चौधरीले जानकारी गराए ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा हरेक वर्ष सवारीसाधनको प्रदर्शनी नाडा अटो शो हुँदै आएको छ। मंगलबारदेखि सुरू भएको अटो शो २०२४ भदौ १६ आइतबारसम्म चल्ने छ। ६ दिनसम्म चल्ने अटो शोमा यसपटक विद्युतीय सवारीसाधन लक्षित छन् । नजिकिदोँ चाडपर्व समेतलाई लक्षित गरी नेपालका सवारीसाधन बिक्रेताहरूले शुरु गरेको नाडा अटो शो को यो १६औं श्रृंखला हो । विगतका शोहरूमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने छन् । अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शोमा साना ठुला गरि १ सय ३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ । अटो शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा आयोजकले गरेका छन् । नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा ब्यवसायीहरुले गरेका छन् ।

विद्युतीय सवारी साधनमा आकर्षण-यसवर्ष पनि नाडाले विद्युतीय सवारी साधानमा जोड दिएको छ । यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिएको आयोजकले जनाएको छ । यस वर्ष पनि विद्युतीय र हाइब्रिड सवारीसाधनहरूको प्रदर्शन विशेष आकर्षणको रूपमा रहेको छ।प्रायः सबै ब्रान्डका सवारीसाधनहरूले विद्युतीय सवारीसाधन नेपाली बजारमा ल्याएका छन् । यस वर्षको नाडा अटो शोमा बिवाईडीको एम–सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ । गत वर्षको नाडा आटो शोमा पनि विद्युतीय सवारीले वर्चस्व राखेको थियो ।
निजी सवारीसाधनमात्र होइन सार्वजनिक सवारीसाधनमा समेत इभीको प्रयोग बढ्दै गएको छ । स्वच्छ ऊर्जामा आधारित भएकाले इभीप्रति नेपाली उपभोक्तामाझ आकर्षण त बढेको हो । तर, नेपालको पहाडी भूभागमा उकालोका सडक तथा चार्जिङ स्टेशनको पर्याप्तताको अभाव, सहरी क्षेत्रकै समेत ड्रेनेजको समस्याले इभी साँच्चिकै किफायती र लागत प्रभावी हो कि होइन भन्ने प्रयोगका आधारमा प्रमाणित हुन बाँकी नै छ ।

गत आर्थिक बर्षमा ९५ करोडको विद्युतीय सवारी साधन आयात-भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्षमा अर्थात २०८० साउनदेखि २०८१ असार मसान्तसम्म तीन अर्ब ९५ करोड रुपैँया बराबरका विद्युतीय सवारी साधन आयात गरेको छ ।

यसमध्ये ३ करोड ६६ लाख रुपैयाँ मूल्यका ११ विद्युतीय बस आयात भएका छन् भने १ अर्ब २१ करोड रुपैयाँ मूल्यका तीन सय ३६ मिनीबस आयात भएका छन् । यसका अतिरिक्त १ अर्ब ६६ करोडका पाँच सय ३७ माइक्रो बस र १ अर्ब तीन करोड रुपैँया मूल्यका चार सय ४६ ओटा जीप, कार तथा भ्यान आयात भएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad