Advertisement
विज्ञापन

इस्माका अग्नी पीडितलाई चेक रिपब्लिकमा बस्दै आएका नेपालीद्धारा सहयोग



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका अग्नी पीडितहरुलाई चेक रिपब्लिकमा रहेका नेपालीहरुको संस्थाले बिहिबार जस्तापाता सहयोग हस्तान्तरण गरेको छ । चेक रिपब्लिक स्थित गैर आवासीय नेपाली संघ एनआरएनएले इस्मा गाउँपालिका –२ सिदुङ्खाका अग्नी पीडितहरुलाई दश बण्डल   (९० थान) जस्तापाता वडा नम्बर ४ कोटकोटेरीका अग्नीपीडितलाई १४ बण्डल (१२६ थान) जस्तापाता सहयोग हस्तान्तरण गरेको हो ।

चेक रिपब्लिक स्थित गैर आवासीय नेपाली संघका अध्यक्ष गुल्मी मुसिकोट नगरपालिका ७ का बासिन्दा बैकुण्ठ रायमाझी र इस्मा गाउँपालिका ४ ढोकामुख घर भएका संघका उपाध्यक्ष दुर्गा अर्यालको अगुवाईमा त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरी उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।


Advertisement
Advertisement
Advertisement

संघका नेपाल स्थित प्रतिनिधि मुसिकोट नगरपालिका ७ का पूर्व वडाअध्यक्ष प्रकाश काफ्ले, नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा इस्मा गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण विष्ट र एमालेकै जिल्ला कमिटी सदस्य राजेन्द्रविक्रम कुँवरको सयोजनमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोगी संस्था र त्यहाँ स्थित नेपालीहरुलाई वडा नँबर २ का वडाअध्यक्ष लोकनाथ आचार्य, ४ का वडाअध्यक्ष मान बहादुर बस्नेतले धन्यवाद दिएका थिए । उनीहरुले भने ‘हालसम्म खाद्यान्न लत्ताकपडा राहत प्राप्त भएको थियो । सबै भन्दा ठूलो अभाव अग्नी पीडितहरुका पशुचौपायहरु खुला आकाशमुनी बस्न परिरहेको बेला चेक रिपल्बिकमा रहेको उक्त संस्था र नेपालीहरुले पशु चौपायको पशुबाक्य बुझेझैं गरी गोठ निर्माणका लागि जस्तापाता उपलब्ध गराएकोप्रति हामी आभार प्रकट गर्दछौं ।’

चेक रिपब्लिक स्थित एनआरएनएका अध्यक्ष रायमाझी र उपाध्यक्ष अर्यालले पीडितहरुको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् र विपद् पर्दा एक नेपालीले अर्को नेपालीप्रति देखाउँदै आएको सहानुभूतिलाई निरन्तरता दिने प्रयास गरेको बताएका छन ।

यतिबेला इस्मा गाउँपालिकाले प्रत्येक अग्नी पीडितहरुको घर बनाउन सुरु गरेको छ। बर्खा भित्रिए पनि मौसमले साथ दिएसम्म छिटै घर निर्माण गरिसक्ने आफूहरुको लक्ष्य रहेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउँदै आएका छन् ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad