Advertisement
विज्ञापन

गुल्मीको सीताराम मन्दिरमा रामकथा प्रवचन तथा राष्ट्रकल्याण महायज्ञ हुँदै



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१३ को भुवानेपार्क राम्चे डाँडामा निर्माण भएको सीताराम मन्दिरमा श्रीराम कथा, हनुमान चालीस, हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने भएको छ । सीताराम मन्दिर व्यवस्थापन समितिको आयोजना तथा लोककल्याणकारी सेवा प्रतिष्ठान एवं राम जानकी बालिका आश्रम देवघाटको सह-आयोजनामा आगामी बैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपालकै कम उमेरकी वाचिका सुश्री उमामहेश्वरीले कथा प्रवचन गर्ने सीताराम मन्दिरका निर्माणकर्ता सुब्बा बस्नेतले जानकारी दिए ।

त्यस्तै राधिका लोककल्याणकारी उप-वाचिका रहेकी छिन् । महायज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको छ । महायज्ञमा शोभाकलश यात्रा, रामकथा पाठपारायण, राम आरती, कलात्मक भजन, विद्वान तथा सन्तमहात्माबाट दिव्य कथा प्रवचन, हनुमान हवनात्मक अनुष्ठान र रामकथामा आधारित दिव्य झाँकी प्रस्तुत् गरिने बस्नेतले बताए ।

उनले उमेर पुगेर चौरासी पूजा गर्न नसकेका र लक्ष्यवत्ति बाल्न नसकेका विपन्न परिवारलाई महायज्ञका बटुकद्वारा दैनिक नि:शुल्क पूजाको व्यवस्था गरिएको बताए । साथै महायज्ञमा स्वतस्फूर्त प्रदान गरिएको सहयोग रकमबाट ५/१० प्रतिशत रकम बिपन्नलाई सहयोग गरिने र बाँकी रकम रेसुंगा क्षेत्रको धार्मिक विकासमा खर्च गरिने बस्नेतको भनाइ छ ।


Advertisement
Advertisement
Advertisement

त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पदार्पण भएको पवित्रभूमि तथा कृष्यश्रृङीले तपस्या गरेको रेसुंगाको काखमा गत वर्ष स्थानीय सुब्बा बस्नेतले मन्दिर निर्माण गरेका हुन् । नेपाली समुदायमा धन र मन भएका व्यक्ति कमै छन् । धेरै धन भएकाहरुले सामाजिक कर्म गर्दैनन् । तर, प्रसिद्ध धार्मिक स्थल रेसुंगाको काखमा बस्नेतले एक करोड बढि खर्च गरेर सीताराम मन्दिर निर्माण गरेका छन् । उनले गत वर्ष राम नवमीको अवसरमा स्वामी विवेकानन्द मार्फत मन्दिरको उद्घाटन गरेका थिए ।

प्रत्येक वर्ष आफू भोको रहेर भएपनि सीताराम मन्दिरमा महायज्ञ गर्ने बस्नेतले बताए । स्थानीयका अनुसार त्रेतायुगमा रेसुंगामा भगवान श्रीराम जाने बेलाका पाइला छोडेका थिए । पछि सडक निर्माणको क्रममा पाइलाहरु फुटालिएपछि आफुले सोहि ठाउँमा एक करोड खर्च गरेर मन्दिर निर्माण गरेको बस्नेतकाे भनाइ छ । स्थानियले ती पाइलाहरु रहने बेलासम्म एकादशीका दिन पूजा गर्ने गर्थे । बस्नेत इन्जिनीयर पनि हुन् । उनले आफैले डिजाइन गरेर मन्दिर बनाएका हुन् ।नयाँ पत्रिका



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad