Advertisement
विज्ञापन

सन् २०५० सम्ममा देशलाई क्षयरोगमुक्त घोषणा गर्ने सरकारको लक्ष्य



Advertisement
विज्ञापन

काठमाण्डाै। सरकारले सन् २०५० सम्ममा देशलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत अहिले एक सय २५ पालिकामा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिनुभयो ।

अभियान क्रमशः सात सय ५३ वटै पालिकामा लागू गरिने निर्देशक श्रेष्ठकाे भनाइ छ। उहाँका अनुसार गएको आर्थिक वर्षमा २५ वटा पालिकाबाट शुरु गरिएको यो अभियान चालु आर्थिक वर्षमा थप एक सय वटा पालिकामा शुरु गरिएको हो । समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।


Advertisement
Advertisement
Advertisement

सरकारले सन् २०३५ अर्थात् अबको ११ वर्षसम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । अहिले प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन् । क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अङ्गका बिरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको डा. श्रेष्ठले बताउनुभयो ।

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad