Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशमा २२.७६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि



Advertisement
विज्ञापन

बुटवल। लुम्बिनी प्रदेशमा प्रदेशको कुल जनसंख्याको २२.७६ प्रतिशत गरिबीको रेखामुनि रहेको छ । २०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशको जनसंख्या ५१ लाख २४ हजार २ सय २५ रहेको छ । यसमध्ये शहरी जनसंख्या २८ लाख २० हजार ४ सय ९७ अर्थात ५५ .०४ प्रतिशत र ग्रामीण जनसंख्या २३ लाख ३ हजार ७ सय २८ अर्थात ४४.९६ प्रतिशत रहेको छ । प्रदेशमा १० लाख ६ हजार ४सय५० घर र ११ लाख ५५ हजार ५ सय २३ परिवार छन् ।

एक वर्षमा खाद्यान्नका लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य प्रयोजनमा ३७ हजार ८७९ रुपैयाँ गरी ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि रहेको मानिएको छ । अहिले नेपालको औसत प्रतिव्यक्ति उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ ।सात प्रदेश मध्ये लुम्बिनीको गरिबीको रेखामुनि रहेको जनसंख्या तेस्रो ठूलो हो । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै गरिबी सुदूरपश्चिममा ३४.१६ प्रतिशत छ । दोस्रो धेरै मधेश प्रदेशमा २५.०८ प्रतिशत छ ।


Advertisement
Advertisement
Advertisement

सबैभन्दा कम गरिबीको रेखामुनि रहेको जनसंख्या गण्डकी प्रदेशमा ११.८८ प्रतिशत छ । बागमतीमा १२.५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् । कोशीमा १३.८० प्रतिशत र कर्णालीमा १४.०२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले प्रदेश सरकारले रोजगारी सिर्जना र उद्यमशीलता विकासमार्फत गरिबीको रेखामुनि रहेको जनसंख्यालाई माथि उकास्न पांच वर्षे रणनीतिक लक्ष्य निर्धारण गरेको भन्दै आगामी सर्वेक्षणसम्म पुग्दा यो संख्या आधा कम हुने दावी गरे ।

नेपालमा ५९ लाख नागरिक गरिबीको रेखामुनि रहेको सरकारी अध्ययनले देखाएको छ । तथ्यांक अनुसार सहरको तुलनामा गाउँमा धेरै नागरिक गरिबीको रेखामुनि रहेको देखिएको छ । सहरमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत नागरिक गरिबीको रेखामुनि पाइएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० अनुसार नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको देखिन्छ ।२०७८ सालको जनगणनाका आधारमा ५९ लाख ११ हजार ६५९ जना गरिबीको रेखामुनि रहेको मान्न सकिने कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मी बताउँछन् ।

१२ वर्षअघि आर्थिक वर्ष २०६६–६७ मा भएको सर्वेक्षणले २५.१६ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देखाएको थियो ।आर्थिक वर्ष २०५२–५३ मा गरिएको पहिलो जीवनस्तर सर्वेक्षणमा नेपालमा ४१.७६ प्रतिशत गरिबी रहेको देखिएको थियो २०६०–६१ मा यो दर ३०.८५ मा झरेको थियो। त्यस्तै २०६६–६७ मा गरिएको तेस्रो जीवनस्तर सर्वेक्षणमा २५–१६ प्रतिशतमा झरेको गरिबी दर चौथो सर्वेक्षणमा आइपुग्दा यसवर्ष २०.२७ प्रतिशतमा झरेको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad