Advertisement
विज्ञापन

नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्दै



Advertisement
विज्ञापन

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्ने भएको हो ।

नेपालले आजको खेलमा जित निकाले सुपर सिक्सको यात्रा तय गर्नेछ। समुह डी मा रहेका नेपाल र अफगानिस्तान दुवै जित विहिन छन्। सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानविरुद्ध ५ विकेटले पराजित भएकाे थियाे ।


Advertisement
Advertisement

नेपालको प्लेइङ ११:

अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), दिपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, तिलक भण्डारी ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad