Advertisement
विज्ञापन

चन्द्रकोटमा खुल्ला तिज गीत प्रतियोगिता



Advertisement
विज्ञापन

चन्द्रकोट गाउँपालिकाको आयोजनामा पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान चाड हरितालिका तिज २०८० को अवसरमा चन्द्रकोट गाउँपालिकाले कार्यालय परिसरमा प्रतियोगिता सम्पन्न गरेको हो । चन्द्रकोट गाउँपालिकाको सामाजिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय पहिचाहन, तथा यहाँको रहनसहन झल्किने विषयवस्तुमा सहभागिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

सोमबार भएको प्रतियोगितामा २३ समुहको सहभागिता रहेको थियो । जसमध्ये श्रीलंकाटोल आमा समुह प्रथम, चन्द्रकोट आमा समुह द्वितीय, पिपलबोट आमा समुह तृतिय तथा भुमिस्थान आमा समुह सान्तवना भएका थिए । विजेता समुहहरूलाई नगद, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १५,००० प्रमाणपत्र र मायाको चिनो, द्धितियलाई नगद रु १२,००० प्रमाणपत्र र मायाको चिनो, तृतिय हुनेलाई नगद रु ९,००० प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यस्तै अन्य सहभागी समुहहरुलाई पनि यातायात खर्च र प्रमाणपत्र प्रदान गरिएको थियो ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रमका प्रमुख अतिथि संबिधानसभा सदस्य श्रृजना तरामुले संविधानमा लेखिएका कुराहरु कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले अझै महिला दिदिबहिनिहरु शसक्त ढंगले लाग्नुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले बोल्दै सामाजिक सदभाव सहितका विभिन्न कार्य कार्य गर्न बाँकी रहेको बताउनुभयो । सबैले हातेमालो गरी विभिन्न बिभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालकिा उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले महिला सशक्तिकरण र महिला जागरका निम्ति आयआर्जन बृद्धि गर्न गाउँपालिका सधैव लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले हरितालिका तिजको शुभकामना दिदैं यस्ता कार्यक्रमले महिलाहरुलाई गाउँपालिका सम्बन्धि हरेक कुरामा स्पष्ट पारेको बताएका थिए । आगामी दिनहरुमा महिलाहरुलाई आयआर्जनमा जोड्नका लागी आग्रह गरेका थिए । कृषीलाई प्राथमिकता दिदै उनिहरुलाई सीप सिकाउनुपर्ने उल्लेख गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष्य बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा संबिधानसभा सदस्य श्रृजना तरामुको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका अध्यक्ष युबराज केसी, प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, निबर्तमान उपाध्यक्ष राधिका अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, महिला संघ संगठनका गाउँपालिका स्तरिय प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न महिला तथा आमासमूह तथा क्लबहरूका सदस्यहरू, पत्रकार एवम् संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ की वडा सचिव लक्ष्मी अर्याल र कम्युटर अपरेटर सुमित्रा भण्डारीले गर्नुभएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad