Advertisement
विज्ञापन

स्ववियु निर्वाचन : अवसरको पछि लुकेको चुनौतिको चाङ्ग



Advertisement
विज्ञापन

हिजो आज सामाजिक एवम मानविय संजालका सबैजसो भलाकुसारीमा ठाउँ ओगट्न सफल स्ववियु; बिद्यार्थी युनियनबारे सोचको उत्पत्ति सन् १९०० देखि १९३० को बिचमा भएको हो भन्ने बुझाई छ। दोश्रो विश्व युद्ध जतिबेला विद्यार्थी युनियनहरुले सैन्य शक्तिहरुलाइ पनि खाना ,पानी र बासस्थान लगायतका थप बल पुर्याएको कुरा इतिहासमा जिवितै छ। युद्व सकिएपछी भने विद्यार्थी युनियनका एजेन्डाहरुमा क्रमिकरुपमा संस्करण हुँदै विश्व विद्यालय सुधारतर्फ केन्द्रित भएको भन्ने मान्यता राखिन्छ।

विद्यार्थी युनियनको औपचारिक सुरुवात भने सन् १८८४ मा एडिनबर्ग युनिभर्सिटिको स्टुडेन्ट एसोसिएसन मार्फत भएको कुरा उल्लेख छ भने उदाहरण चाहिँ तत्कालै सन् २०११मा क्यामिला भालेजो को नेतृत्वमा गरिएको “सार्वजनिक शिक्षा पाउनु सबैको विश्वब्यापी सामाजिक अधिकार हो ” भन्ने नारा बोकेको चिलियन
विद्यार्थी आन्दोलन मार्फत लिन सकिन्छ जस्को कारण उक्त आन्दोलनले विश्वभर चर्चित हुनुको साथै सफलता हात पार्यो।


Advertisement
Advertisement
Advertisement

नेपालमा भने विद्यार्थी युनियन र स्ववियु को त्यति चाखलाग्दो र रोचक पृष्ठभुमि भने छैन ।कथम कदाचित पन्चायती ब्यवस्थामा राजधानीका हाई स्कुलहरुमा बि.स. २०१९ ताका बाट सुरु भएको भन्ने भनाई छ त्यसको कार्यविधी रुचाएर त्रिभुवन विश्वविद्यालयमा चाहिँ २०२० सालमा स्ववियु स्थापना भएको हो ।

विद्यार्थी मार्फत विद्यार्थी कै लागि जन्मिएको संस्था :
स्ववियु को मुख्य एजेन्डा विद्यार्थीकाे अतिरिक्त क्षमता विकास र विद्यार्थीको दैनिक जिवनमा आउने पठनपाठन सम्बन्धित समस्यालाई प्रशासन सँग सहजिकरण गर्नु हो। सङ्गसङ्गै आलोचनात्मक चेतनाको निर्माण गर्ने ,शैक्षिक गुणस्तर वृद्वि ,विकासमा टेवा पुर्याउने ,सुचना आदानप्रदान गर्ने ,राष्ट्रिय ,अन्तराष्ट्रिय मुद्दामा केन्द्रीत रहेर छलफल गर्ने ,समसामयिक /आर्थिक मुद्दा विद्यार्थी ध्यानाकर्षण गराउने , नेतृत्व एवम व्यक्तित्व विकास गर्ने र समग्र विश्वविधालयमा राज्यप्रती वफादार र जिम्मेवार विद्यार्थी निर्माण मा हातेमालो गर्ने विकासका षयमा केन्द्रित हुनुपर्ने स्ववियुको कार्यक्षेत्र पर्दछ।

 

 

स्थापनाकालदेखी नै आन्तरिक झमेलाबाट गुज्रिदै आएको स्ववियुको नियमावली अनुरुप निर्वाचन २-२ वर्षमा गर्ने प्रावधान छ तापनी २०७३को आंशिक स्ववियु निर्वाचन बाहेक २०६५ साल यता निर्वाचन भन्ने कुरा एकादेशको कथा बन्दै आएको कुरा हामिमाझ अवगत छ।
यसैबिच लामो समयदेखी अवरुद्ध हुँदै आएको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले आफ्नो मातहतमा रहेका ६२ ऐङिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकएक चैत्र ५ गते गर्ने भन्ने सुचनाले समग्र बिध्यार्थी जगत तातेको छ र सम्बन्धित क्याम्पसहरुमा पुनः स्ववियु स्थापनाको बिध्यार्थीहरुमा रहर सङ्गठनहरुमा चासो र प्रशासनमा एक हिसाब को भय र चुनौती स्थापित भएको छ।

जुन हिसाबले मिति अनि कार्यतालिका सार्वजनिक भएको छ त्यति सहज चाहिँ छैन बर्षौँदेखि स्थापना नभएको स्ववियु यो राजनैतिक अवस्थामा स्थापना गर्न जस्का निम्न कारणहरु छन।
१ • वर्षौ स्ववियु कुरिरहेका विद्यार्थी सङ्गठन हरुका प्रतिनिधि हरुको बड्दो उमेर(२८+) र आफुभन्दा सानोलाइ प्रतिनिधि चयन गर्न असहज मान्ने ब्यक्तिगत कुन्ठा
२• आफ्नो सङ्गठन /समुहको जितलाइ मात्र जित नत्र “आफू मरे डुमै राजा” भन्ने भावना बोकि यत्रतन्त्रग विश्वविद्यालयहरुमा चुनावि असहज पैदा गर्ने मनस्थिती ३• स्थापनाकालदेखी आफ्नो आफ्नो पकड क्षेत्र घोषणा गरि स्वत जित्दै आइरहेका क्षेत्रहरुका सङ्गठनमाझ पछिल्लो स्वतन्त्र राज्नैतिक परिभेषको लहरे भय /त्रास । यद्यपि स्ववियु स्थापना पश्चात् चुनौतिका चाङ्गहरु लाई नजरअन्दाज गर्ने अवस्था अझ छैन ।. के हिजोका दिनहरुमा जस्तै समयसापेक्ष शैक्षिक एवम सामाजिक ज्वलन्त मुद्दा बोक्न स्ववियु सक्षम होला त ?
रोजगारमुलक ,प्राविधियुक्त गुणस्तरिय शिक्षा प्रणाली सुनिश्चिता मा यो अवस्थामा स्ववियुको भुमिका के हुन सक्छ त ?
पन्चायती ब्यवस्थामा राज्नैतिक व्यवस्था परिवर्तनको मुद्दा बोकेर हिडेको समग्र बिध्यार्थी आन्दोलन को नेतृत्व गर्ने स्ववियु, अबको अवस्था परिवर्तन को लागि राज्नैतिक संस्करणको निम्ति नकारात्मक र सकारात्मक पक्षको जिम्मेवारी काधमा काध हात मा हात गर्न सक्षम होला त ? तर विद्यार्थीहरुको मनमा उम्रियर अझै आस बोकिरहेको स्ववियुले समय अनुकुल परिस्थिती हरुसगँ डटेर सामना गर्दै बिगत जस्तै आगामी दिनहरुमा फरक ढङ्गले थप विधिवत कार्यदिशा ओगट्दै आधुनिक प्रविधिको सदुपयोग गर्दैन .प्रयोगात्मक शिक्षण सिकाइ पद्वती नेपाली विश्वविद्यालयहरुमा लागू गराउन मुख्य भुमिका खेल्नुपर्नेछ।
विश्वबजारमा प्रतिस्पर्धा गर्ने दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालयसँग सम्वन्य गर्नुपर्नेछ। विद्यार्थीमा नयाँ नेतृत्व विकास अतिरिक्त क्षमता बिकास र विश्वविद्यालय प्रशाशनलाई पारदर्शी र विद्यार्थी मैत्री बनाउने कुरामा केन्द्रित हुनुपर्नेछ।
विश्व विद्यालयकाे को फितलो व्यवस्थापन ,शैक्षिक क्यालेन्डरको कार्यान्वयनमा लापरबाही ,शैक्षिक गतिबिधिहरुमा ह्रास,अध्यावधिक नमिलेको पाठ्यक्रम जस्ता गतिविधिहरुको खुलेर प्रश्न गर्न सक्ने र सामाधान गर्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्नेछ। . शैक्षिक गुणस्तर मा लापरबाही ,राजनितिक नियुक्ती र त्यस्को निम्ति होडबाजी ,परीक्षा अनि परिक्षाफलको फितलो व्यवस्थापन सम्बन्धी गतिबिधिहरुमा समग्र विश्वविध्यालयको ध्यान केन्द्रीत गराउनुपर्नेछ।
ढुङ्गे युग को ढुङ्गे भौतिक आन्दोलन होइन अबको
विद्यार्थी व्यवस्था परिवर्तनको लागि रचनात्मक एवम तिक र शान्त स्वभावको हुनुपर्नेमा जोड दिनुपर्नेछ। अन्ततः स्ववियुलाई शिक्षालयलाइ सच्याउने सिपाही ,समवन्य गर्ने ,नेतृत्वदायी नेतृत्व प्रदान गर्ने स्कुल, राष्ट्रनिर्माण गर्न दक्ष राष्ट्रनिर्माता बनाउने कारखाना र देश विकासको खाका कोर्ने विज्ञ संस्था को रुपमा बिकास गराउनुपर्नेछ अनि बल्ल विद्यार्थीआन्दोलन को कदर अनि औचित्य प्रगाढ बन्दै जानेछ।

 

 

 

 

लेखक:
राजिब पोख्रेल :बिएस्सी तेस्राे बर्ष बुट्वल बहुमुखी क्याम्पस , रुपन्देही मा अध्ययनरत विधार्थी हुन

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad