Advertisement
विज्ञापन

अर्घाखाँचीमा गठबन्धनको विरासत तोडेपछि जताततै एमाले नेताहरुको चर्चा



Advertisement
विज्ञापन

हरि कुँवर, अर्घाखाँची ।नेकपा एमालेले ६१ वडा मध्ये ३० वडा आफ्नो पक्षमा ल्याउन सफल भएको छ । नेताहरुको संघर्षले सम्भव भएको हो स्थानिय तहको चुनावको मिति घोषणा भएदेखीनै नेता टोपबहादुर रायमाझी ,चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे ,बोम ब. विक नरेन्द्र कुमार क्षेत्री ,पिताम्बर भुसाल लगाएतका नेताले अर्घाखाँची छोडेनन । नेतृत्व भनेको अरुलाई सहि बाटो देखाउने हो। हुकुम चलाउनु होइन कुसल लिडर ले त अरुलाई अगाडि बढ्ने हौंसला दिन्छ फलस्वरूप अर्घाखाँचीमा अहिले चर्चामा छ्न ।

कतिपयले जिल्लामा गठबंधन पाँच मिलेका नेतानेतानै भएको कारण गठबंधन भित्र जनताको जनलहर बढेको दाबी समेत गरे । पहिलो हुने अनुमान गरे तर जनताको जनलहर ट्याकै उल्टो भइदियो ।


Advertisement
Advertisement
Advertisement

माओवादीमा रहेकाहरुलाइ एमालेमा फर्काउनेदेखि लिएर अन्य पार्टीमा रहेकाहरुलाइ एमाले भित्राउन नेताहरुले कठिन संघर्ष गरे । एमाले ले हजारौँलाई पार्टी प्रवेश गरायो । गठबंधनले नाटक भनेर खिल्ली उठाउनसमेत पछि परेनन् । अझ उनका पुराना सहकर्मीहरु नै विश्लेषण गर्थे “ टोपबहादुर रायमाझी चन्द्रबहादुरले यत्ति मेहनत माओवादीमा गरको भए माओवादी नै जिल्लाको पहिलो शक्ति बन्थ्यो ।“ माओवादी नेता मात्र एमाले गए प्रवेश गरे कार्यकर्ता भने गएनन् भन्ने गर्थे तर भित्र भित्रै कार्यकर्ताको पनि साथ उतिकै रहेको स्थानीयहरु बताउछन् ।

कतिपयले पद भागको लागि एमालेमा गएको टिप्पणी समेत गरे, कतिपयले माओवादीको भविश्य नदेखेर ट्याक परिवर्तन गरेको आरोप लगाए । कतिपयले रायमाझीलाई अवसरवादीको रुपमा चित्रण गरे । तरपनि रायमाझी विचलित भएनन कठोर परिश्रम पछि एमालेलाई पहिलो शक्ति बनाए ।

उम्मेद्वार चयनमा एमालेमा छिटफुट विरोध देखिए पनि समयमै टुंगो लगाएको थियो । गठबंधन भित्र विवादै विवाद आयो जसपा एकीकृत बाहिरे पुनः भाग बन्डा मिल्यो । एमाले भित्र देखिएका केही असन्तुष्टीहरुलाई एमालेले यति कुशलताका साथ निवारण गर्यो अनि एमाले एकढिक्का भएर निर्वाचनमा होमियो । जसका कारण एमालेको असन्तुष्टीमा खेल्ने विपक्षीको सपना चकनाचुर भयो ।

एकढिक्का बनेको एमालेले विपरित शक्तिको अन्तरसंघर्षमा पनि मज्जाले खेल्यो । गठबंधन भित्र उम्मेदवारी चयनको क्रममा नेपाली काँग्रेस माओवादी एकीकृत जनमोर्चा समाजवादी मा देखिएको असन्तुष्टी क्यास गरेर अगाडि बढ्न सफल हुनुलाइ नै जितको मुख्य आधार देख्छन केहि विश्लेषकहरु । एमाले भित्र पनि कम चुनौती थिएन भोलिको चुनाव आज जस्तो एक दुई जना नेता एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

अझ सिंगो अर्घाखाँचीको एमालेलाई आफ्नो नियन्त्रणमा राख्न सबै नेता तथा जनता सफलता प्राप्तीको हकदार रहेको विश्लेकहरु बताउने गरेका छन् ।

त्यस्तै एमालेको चुस्त संगठन पनि यो सफलता प्राप्तीको कारण रहेको वताईन्छ । जसका कारण जिल्लामा एमाले अनेक संघर्ष चिर्दै पहिलो शक्ति बन्न सफल भएको छ ।

 

नेकपा एमालेले जितेका वडा :

१. मालारानी–१, दधिराम आचार्य
२. मालारानी–३, दण्ड पाणी पोख्रेल
३. मालारानी–८, नरेन्द्र कुमार बस्नेत
४. मालारानी–७, खड्क प्रसाद भुसाल
५. सन्धिखर्क–२, मोतिजंग रायमाझी
६. छत्रदेव–१, काजीबाबु ज्ञवाली
७. छत्रदेव–२, शंकर प्रसाद पाण्डे
८. छत्रदेव–४, भिमलाल खनाल
९. छत्रदेव–८, भिष्म कुँवर
१०. भुमिकास्थान–९, खेम राज चुँदाली
११. भुमिकास्थान–१०, खगेश्वर पन्थी
१२. पाणिनी–४, हरी प्रसाद घिमिरे
१३, पाणिनी–५, इन्द्रमणी घिमिरे
१४. पाणिनी–७, गुनाखर अधिकारी
१५. पाणिनी–८, रोम बहादुर पाण्डे क्षेत्री
१६. शितगंगा–१३, दुर्गा बहादुर बि।सी
१७. मालारानी–६, नारायण अर्याल
१८. मालारानी–४, विष्णु पोख्रेल
१९. मालारानी–५, तिलक मिश्र
२०. छत्रदेव–३, तेज प्रसाद खनाल
२१. सन्धिखर्क–९, पदम बहादुर भुसाल
२२. भुमिकास्थान–७, रामचन्द्र ढुङ्गाना
२३. भुमिकास्थान–६, प्रेम नारायण बेल्वासे
२४. सितगंगा–१०, केशव प्रसाद वेल्वासे
२५. सितगंगा–११, नवराज भुसाल
२६. सितगंगा–९, भिम बहादुर खत्री क्षेत्री
२७. सन्धिखर्क–६, श्रीधर महत्रा क्षेत्री
२८. सन्धिखर्क–७, चुरा बहादुर के।सी
२९. सितगंगा–६, ऋषि बहादुर रेश्मी
३०. सितगंगा–७, देवि राम घिमिरे

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad