आयोजक झरना स्पोर्टस क्लब फाईनलमा
रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बिहिबार भएको खेलमा गोर्खा ब्यायज क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो।खेलको चौथो मिनेटमा गोर्खा ब्यायजका अनिल रानामगरले बाईसाईकल क्रिकमार्फत जाली चुमाए। यसैगरि खेलको रिचार्डले दोस्रो गोल गरे। गोर्खा ब्यायजका अनिल रानामगरको क्रशमा रिचार्डले झरनाका गोलकिपर अमानत शेखलाई बिट गर्दै गोल गरे। दोस्रो हाफमा झरना खेलमा फर्कियो ।
खेलको ४४ अौ मिनेटमा झरनाका एरोन थापाले गोल गरे। खेलको ६५ अौ मिनेटमा जितेश गुरुङले बराबरी गोल गरे। अतिरक्त समयमा झरनाका एलेक्स भिक्टरले विजयी गोल गरे। लक्षु थापाको क्रममा हेडमार्फत गोल गरे। खेलमा झरनाका सन्तोष खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए।