टी–२०सिरिजको फाईनल खेलमा नेपाल र नेदरल्यान्ड्स खेल्दैँ
२३५७
टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै फाइनलमा भिड्ने टिमको टुंगो लागेको हो। अब नेपाल र नेदरल्यान्ड्सबीच मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधि भिडन्त हुनेछ।
अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दा नेपालको चार अंक छ। नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो।
आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको पहिलो इनिङ्ग्सको १५ ओभर सकिदा वर्षाले रद्द भयो।पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।




