Advertisement
विज्ञापन

पाकिस्तानमा घरको छत खस्दा एकै परिवारका ९ जनाको मृत्यु



Identification of dead body
Advertisement
विज्ञापन

पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।

छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पु¥याएका थिए ।


Advertisement
Advertisement
Advertisement

यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । दुर्घटना आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad