अनेरास्ववियू ( क्रान्तिकारी ) ले गर्यो छात्रा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम
नालीबेली न्युज डट कम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन ( क्रान्तिकारी ) ले बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिको आयोजनामा विजया दशमी तथा शुभ दिपावलि २०७९ को पावन अवसरमा छात्रा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
लुम्बिनी प्रदेश पुर्व सामाजिक विकास मन्त्री तथा नेकपा माओवादि केन्द्रीय प्रदेश अध्यक्ष शुर्दशन बरालको प्रमुख आतिथ्यता , अखिल ( क्रान्तिकारी ) प्रदेश समिति सदस्य तथा रूपन्देही विधार्थी प्याप्सन ईन्चार्ज सुदिप न्यौपानेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादि केन्द्र बुटवल उपमहानगरपालिका समिति अध्यक्ष महेन्द्र भुसाल , रूपन्देही क्षेत्र नं २ नेकपा माओवादि केन्द्र सचिव विष्णु ढकाल अखिल ( क्रान्तिकारी ) केन्द्रीय निर्वाचन आयोग प्रमुख अनुप पोख्रेलको आतिथ्यता थियो ।
कार्यक्रमका अध्यक्ष विष्णु प्रसाद ज्ञवाली र प्रमुख अतिथि लुम्बिनी प्रदेश पुर्व सामाजिक विकास मन्त्री तथा नेकपा माओवादि केन्द्र प्रदेश अध्यक्ष शुर्दशन बरालले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्वघाटन गर्नुभएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा रूपन्देही क्षेत्र नं २ नेकपा माओवादि केन्द्र सचिव विष्णु ढकाल ,अनेरास्ववियू ( क्रान्तिकारी ) मुल ईकाई समिति सदस्य सपना वि, क सौरव ढकालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सपना वि,को अध्यक्षतामा २१ सदस्यीय बुटवल बहुमुखि क्याम्पस छात्रा विभागको कमिटी गठन गरिएको छ।
लुम्बिनी प्रदेश पुर्व सामाजिक विकास मन्त्री तथा नेकपा माओवादि केन्द्र प्रदेश अध्यक्ष शुर्दशन बराल कार्यक्रममा बोल्दै विधार्थीले आयोजना गरेको कार्यक्रममा आफुलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरेकोमा खुशि व्यक्त गर्दै सपना वि,क को अध्यक्षता मा गठन भएका छात्रा विभागका सवै पदाधिकारी र सदस्यहरूलाई बधाई सहित सम्पूर्णमा आउदै गरेको विजया दशमी र दिपावलिको शुभकामना व्यक्त गर्नुभयको थियो ।
अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समिति अध्यक्ष विष्णु प्रसाद ज्ञवालीले कमिटी सक्रिय बनाउनुपर्ने बताउदै सम्पूर्णमा दशैँको शुभकामना व्यक्त गर्नुभयो । सपना फुल्देल स्वागत मन्तव्य रअखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समिति अध्यक्ष विष्णु प्रसाद ज्ञवाली को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव निमा गिरीले गर्नुभएको अखिल ( क्रान्तिकारी ) बुटवल बहुमुखी क्याम्पस उपाध्यक्ष संगम खवासले नालीबेलीलाई जानकारी दिनुभयो ।