Advertisement
विज्ञापन

छत्रकोटको अध्यक्षमा काँग्रेसबाट उपसभापति पौडेलको उमेदवारी



Advertisement
विज्ञापन

गुल्मी, ११ बैशाख
गुल्मीको छत्रकोट गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अनन्तराम पौडेल अध्यक्षको उमेदवार बनेका छन् । नेपाली काँग्रेस गुल्मीका उपसभापति समेत रहेका पौडेल छत्रकोट गाउँपालिकाको लागि काँग्रेसको तर्फबाट सर्वसम्मत उमेदवार बनेका हुन् ।

गाउँपालिकामा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथामिकता दिएइर अगाडि बढ्ने आफ्नो एजेण्डा भएकोले छत्रकोटबासीले आफुलाई रोज्ने गाउँपालिका अध्यक्षका उमेदवार पौडेलले बताए । आफु गाउँपालिकाको अध्यक्षमा अत्याधिक मतले बिजयी हुने पौडेलको दाबी छ । उनले गाउँपालिकामा प्राविधिक शिक्षा, उत्पादनमा आधारित अनुदान, निशुल्क स्वास्थ्य बिमा लगायतलाई प्राथामिता दिने बताएका छन् ।


Advertisement
Advertisement

उनले गाउँपालिकामा एक शिक्षक एक ल्यापटप, गुरु सम्मान अभिभावकको स्वाभिमान, सबै बिद्यालयको तल्लो तहमा अंग्रेजी माध्यम, निशुल्क खानेपानीको सुनिश्चतता, प्रत्येक वडामा एमबीबीएस डाक्टरको व्यवस्था, स्थानीय कच्चापदार्थको प्रयोग हुने उद्योगहरुको स्थापना लगायतका काम गर्ने पौडेलले प्रतिबद्धता जनाए ।

उच्च शिक्षामा छात्रवृत्ति, गाउँमा सहज सेवा, श्रुङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा अत्याधुनिक सेवासुविधा, एकल नागरिकलाई भत्ताको व्यवस्था, स५ वर्षभिज्ञ सबै वडाको कार्यालयसम्म पक्की सडक लगायतका काम गर्ने पौडेलले बताए । लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल हुँदै आएका पौडेल आफु लगातार घरदैलो कार्यक्रममा रहेको बताउँदै जनताको समस्यामा निरन्तर लागेकोले अत्याधिक मतले गाउँपालिकाको अध्यक्षमा बिजयी हुने दाबी गरे । पौडेलले आफुलाई छत्रकोट गाउँपालिकाको अध्यक्षमा बिजयी बनाउन छत्रकोटबासीलाई आग्रह गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement