अखिल (क्रान्तिकारी) छात्रा विभाग गुल्मीद्वारा सिडियो कार्यालयमा ज्ञापन पत्र

नालीबेली न्युज डटकम । अखिल (क्रान्तिकारी) गुल्मी , छात्रा विभागले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । छात्राहरु माथी हुने यौन हिसां तथा सबै प्रकारका अपराधिक घटनाहरु विरुद्ध र अपराधीहरुलाई कारबाहीको माग गर्दै सो ज्ञापन पत्र बुझाएको हो ।

गुल्मीकी छात्रा विभाग प्रमुख चन्द्रा श्रिस मगर को हस्ताक्षरमा बुझाएको विज्ञप्तिमा भनिएको छ “अपराधीलाई कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै अपराधीलाई नै उन्मुक्ति दिने प्रवृति बढिरहेको छ ।  पीडितलाई न्यायको प्रत्याभूती हुन सकिरहेको छैन ।”

निर्मला पन्त देखि सम्झना कामी, गुलाब खातुन, भागिरथी भट्ट र अहिलेसम्म बलात्कारपछि हत्या भएका छात्राहरुको हत्यारालाइ कारबाही हुन सकिरहेको छैन ।

मोरङको लेटाङको घटना, नेचा सल्यानको घटना र सम्पुर्ण शैक्षिक संस्थाहरु भित्र हुने यस्ता आपराधिक घटनाहरुले नेपाली समाजमा छात्राहरुको अवस्था चित्रण गर्दछ । चितवनको सोमेश्वर माध्यमिक विधालयमा भएको घटनामा अपराधीकै पक्षपोषण गरेर नेपाल शिक्षक संघले निकालेको विज्ञप्तिप्रती घोर आपत्ति जनाउँदै कारबाहीको माग समेत गरिएको छ ।

साथै अबका दिनमा कुनै पनि छात्राहरुमाथी यौन हिसां नहोस्, छात्राहरुको लागि आत्मा सुरक्षा तालिम प्रदान गरिनु पर्ने र अपराधीलाई कारबाही गर्दै छात्राहरुको सुरक्षाको विषयमा राज्यको ध्यान पुगोस् भन्ने अनुरोध समेत छात्रा विभागले गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै