नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले आज शुक्रवरा पार्टी कार्यालय अगाडि नाराबाजी गरेको हो । नेता शेखर कोइराला समूहका नेविसङ्घ र तरुण दलका कार्यकर्ताले एकलौटी निर्णय रोक्न माग गरेका छन् ।

दुई दिनअघि सभापति देउवाले नेविसङ्घको अध्यक्षमा काठमाण्डौका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गर्नुभएको थियो । नेविसङ्घ अध्यक्ष शेर्पाले आजै पदभार ग्रहण गर्नुभएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै