Advertisement
विज्ञापन

गुल्मीमा पहिलो चोटी जिल्ला स्तरिय भलिबल रनिङ्ग कप प्रतियोगिता सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी, चैत ०६ । चन्द्रकोट गाउँपालिका ६ गुल्मी स्थित झरना युवा क्लबले आयोजना अन्तर जिल्ला स्तरिय भलिबल रनिङ्ग कप प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । युवा शक्ती नै समाज र राष्ट्रको मेरुदण्ड हो भन्ने मूल नाराका साथ क्लबले आफ्नै भावना प्रांगणमा आयोजना गरेको स्वर्गिय भला सुवेदार त्रिलोक सिंह काउचा (ओ॰बी॰आई॰ एस॰बी॰)भलिबल कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतयोगिता तथा बिबिध साँस्कृतिक सम्पन्न भएको हो ।
चैत १ गते शुरु भई ५ दिन सम्म सन्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । जिल्ला भलिबल संघ गुल्मी, रुपन्देही, तनँहु, पाल्पा, बाग्लुङ र पर्वत सहित ६ जिल्लाका भलिबल संघको सहभागिता रहेको छ भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ, रुपन्देहीले हात पार्न सफल भएको छ । रुपन्देहीले नगद १ लाख ५ हजार रुपैँया सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ । जिल्ला भलिबल संघ गुल्मी भने दोस्रो स्थानमै चित्त बुझाउन वाध्य भयो । गुल्मीले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्यो ।

झरना युवा क्लबका अध्यक्ष कुमार बहादुर सार्कीको सभापतित्व रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष तथा लुम्बीनी प्रदेशका पूर्व समाजिक विकासमन्त्री सुदर्शन बराल प्रमुख अतिथी रहेका थिए भने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै अन्य अतिथीहरुमा स्थानिय जनप्रतिनिधीहरु, जिल्ला समान्वय समिती सदस्य चेतन बस्नेत, बिभिन्न पार्टीका प्रतिनिधीहरु, बिभिन्न संघ्सँस्थाका प्रतिनिधिहरु लगायत रहेका थिए ।
राष्ट्रिय स्तरका कलाकार खेम सेन्चुरी, प्रसाद खप्तडी र निशा गुरुङ सहित थुप्रै स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रममा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
कार्यक्रममा बिशेष आर्थिक सहयोग पुर्याउने स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका सन्ततीहरु सहित अन्य धेरै सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो भने क्लबका कार्यक्रम संम्योजक होम गलामीको स्वागत मन्तव्य रहेको कार्यक्रममा रबि रानाको सन्चालन मा समापन भएको थियोे


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad