कांग्रेस संसदीय दल बैठकः एमसीसी पारित गर्नुपर्छ

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। आज बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेसको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राखेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी विकास परियोजना भएकोले धेरै भ्रम छर्नु नपर्ने बताएका हुन् । एमसीसी टेबल गर्नुपर्ने उनले धारणा राखे ।

एमसीसी पारित गर्नेमा कांग्रेसका अन्य नेताहरु पनि सहमत भएका छनु् । कानुनमन्त्री दिलेन्द्र बडु, पुर्व अर्थमन्त्री डा।रामशरण महत, डा।शंसाक कोइराला लगायतले एमसीसी नेपालको हितमा भएको भन्दै पास गर्नूपर्छ भन्दै आएका छन् ।

आजमात्रै पनि प्रधानमन्त्री देउवाले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्नुपर्ने धारणा राखेका थिए।रिपोर्टर्स नेपाल

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै